ज्योती अदै खाम्चा देवदह रुपन्देही । रुपन्देहिको देवदहमा केही साना तथा घरेलु उद्योगहरु सन्चालनमा छन । त्यही मध्य देवदह वडा नम्बर ३ सेमराहाना निवासी पृतम थापाले सलिना गार्मेन्ट उद्योग चलाई रहेका छन । ५ लाख लगानिमा २ वटा मेसिन खरिद गरि २०७३ सालबाट यो ब्यवासाय सुरु गरेका थापाले अहिले ब्यवसायबाट मनग्ये आम्दानी पनि गरिरहेका छन। ब्याबसायबाट राम्रै आम्दानी भएको र व्यबसाय बिस्तारका लागि मेसिनरी सामग्री थप गरेको उनले बताए । आफ्नै घरमा आफू र श्रीमती झमकुमारीले मात्रै कच्चापदार्थबाट कपडा बनाउने गरेका थापाको परिवार व्यबसायबाट लाभ हुन थालेपछी खुशी छ । थापाले अहिले ४ जनालाई गार्मेन्टमा रोजगारी दिएका छन । बजार ब्यवस्थापन अझ राम्रो भए ब्यावसाय फस्टाउने थापाले आशा लिएका छ्न । स्थानीय सरकार तथा सघ सस्थाहरुले साथ र हौसला दिए साना तथा घरेलु उद्योग अझै फस्टाउने थापाको भनाइ छ । ५ लाख लगानी बाट सुरुवात गरेको गार्मेन्टमा अहिले मासिक ५० हजार बचत हुने थापाको भनाइ छ । आफू सानै हुदा छिमेकी देश भारतमा उनले यो कपडा सिलाउने काम सिके। पछि उमेर पुगेपछि थापा वैदेशिक यात्राका लागि बिदेश हानिए । ८ वर्षको बिदेश बसाई पछि थापाको सोचाइ बदलियो । त्यस पछि उनि फिल्म क्षेत्रमा लागे तर आफुले सोचे झै नभए पछि ब्यवासाय गर्ने सोच गरे उनले। नपरौ कसैको भर नमानौ कसैको डर बनौ आफैमा आत्मा निर्भर भन्ने नारा बनाइ गार्मेन्ट उद्योग संचालन गरे उनले।
अहिले उनको दैनिक सुखद छ। राम्ररी चलेको छ । विदेशमा बगाउने पसिना स्वदेशमा बगाए त्यो भन्दा धेरै खुशी मिल्ने थापाको अनुभव छ । उनले आगामी दिनमा गार्मेन्टलाइ अझै निरन्तरता दिने र २० जनालाई रोजगार दिई आत्मा निर्भर बनाउने लक्ष्य लिएका छ्न ।
गार्मेन्ट उद्योगबाट मासिक ५० हजार कमाई
गार्मेन्ट उद्योगबाट मासिक ५० हजार कमाई

Advertisement
तपाईको प्रतिक्रिया