घोराही। प्रक्रियाविना वडाहरूसँग समन्वय नै नगरी एकलौटी ढंगले योजना ल्याइएको भन्दै दाङको घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकलाई नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिस्कार गरेका छन् ।कांग्रेसबाट निर्वाचित उपमहानगरका ६ जना वडाध्यक्षहरूले आइतबार बैठक बहिस्कार गरेका हुन् । पेलेर जान खोजेपछि कार्यापालिका बैठक बहिस्कार गरेको कांग्रेस वडाध्यक्ष चित्रबहादुर डाँगीले बताएका छन् । समन्वय नै नगरी मनोमानी ढंगले अगाडि बढ्ने नगरप्रमुख नरुलाल चौधरीको विरोधमा नेपाली कांग्रेसबाट निर्वाचित सबैले कार्यापालिका बहिस्कार गरेको अध्यक्ष डाँगीले बताए योजना छनोट गर्नका लागि आइतबार कार्यपालिकाको बैठक बोलाइएको थियो ।वडाध्यक्षहरूसँग समन्वय नै नगरी एकलौटी ढंगले प्रक्रिया मिचेर वडाका योजना ल्याइन्छ भने त्यहाँ आफूहरूको कुनै काम नभएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका हुन् ।वडाको अधिकार खोस्ने अधिकार नगरप्रमुखलाई नरहेको कांग्रेसका वडाध्यक्षहरूले बताएका छन् ।घोराहीमा कुल १९ वडाहरूमध्य ६ वटा वडामा नेपाली कांग्रेसले जितेको छ।कार्यापालिका बहिस्कार गर्ने वडाध्यक्षहरूमा वडा नम्वर ३ का माधव चौधरी, ५ का विष्णुमणि दाहाल, ६ का रेवबहादुर बुढाथोकी, ८ का चन्द्रप्रसाद चौधरी, १० का चित्रबहादुर डाँगी र १५ का अध्यक्ष रमेशकुमार पाण्डे छन्।वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले बैठकमा समय लिएर धारणा राखेपछि कांग्रेसका वडाध्यक्षहरूले बैठक बहिस्कार गरेर निस्किएका थिए ।वडाध्यक्ष डाँगीले हरेक वडालाई एक करोड दिने निर्णय गरिए पनि मेयर र उपमेयरले आफू निकटका वडा अध्यक्षलाई भित्रभित्रै थप रकम दिने गरेको आरोप लगाए ।वडा तहमा पनि उपमेयर भलिवल प्रतियोगिता, मेयर रक्तसंचार कार्यक्रम, उपमेयर आमा सुरक्षा कार्यक्रम जस्ता कार्यक्रमलाई महत्वमा राखेर ल्याउने योजनाहरूभन्दा नगर रक्त संचार कार्यक्रम, नगर आमा सुरक्षा कार्यक्रम, नगर भलिवल कार्यक्रम राख्नुपर्ने आफूहरूको माग रहेको उनीहरूले बताएका छन् ।
दाङमा कांग्रेसका वडाध्यक्षहरूद्वारा कार्यपालिका बैठक बहिस्कार
दाङमा कांग्रेसका वडाध्यक्षहरूद्वारा कार्यपालिका बैठक बहिस्कार

Advertisement
तपाईको प्रतिक्रिया