रोल्पा । रोल्पामा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेताहरुलाई पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति उनिहरु पक्राउ परेका हुन
पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेव गाउँपालिका इञ्चार्ज सन्दीप वली, माडी गाउँपालिका इञ्चार्ज स्याम बुढा, देबबहादुर वली ‘दिनेश’ र गणेश मगर रहेका छन । उनीहरुलाई आजै सदरमुकाम लिबाङ ल्याइएको र भोलि अदालतमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइने रोल्पा प्रहरी प्रमुख डीएसपी दिपक खड्काले जानकारी दिनुभयो ।यस्तै लिबाङमै चिया पसल गर्दै आएका विप्लवका कार्यकर्ता देउराम सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुनारलाई हिरासतमा बसेका नेताहरुलाई चिया पु¥याउन गएको बेला पक्राउ गरेको हो ।
Advertisement