• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

योजना छान्दै जनप्रतिनिधि, कपिलवस्तुका १० स्थानिय तहलाई ३ अर्ब


  •   शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। आगामी आर्थिक वर्षको योजना निमार्णमा यतिवेला जनप्रतिनिधि ब्यस्त रहेका छन । आ व २०७६।७७ को लागी संघिय सरकारले स्थानिय तहलाई बजेट विनियोजन गरेपछी त्यहि वजेको आधारमा योजना बनाउन सुरु गरेका छन । प्रदेश सरकारले असार १ गते र स्थानिय तहले असार १० गते सम्म योजना निमार्ण को काम सम्पन्न गरिसक्नुपर्ने छ । जनप्रतिनिधिले अल्पकालीन तथा दीर्घकालीन योजनालाई प्राथमिकीकरण गरि जनअपेक्षा अनुसारको परिणाम देखाउन प्रयासमा छन ।
    स्थानीय सरकारले पाएको पाँच वर्षको अवधिमध्ये २ वर्ष पुरा हुन थालेको छ । कपिलवस्तुका कतिपय स्थानिय तहहरुले विभिन्न रणनितिक योजनाहरु बनाइरहेका छन । जिल्लाको शिवराज नगरपालिकाले वडा स्तर तथा टोल स्तर वाट योजना माग समेत गरेको छ । स्थानिय राजनितिकदलका प्रतिनिधि,संघ सस्थाको प्रतिनिधि तथा संचारकर्मीहरु सग पनि योजनाको विषय आशिंक छलफल गरेको नगर प्रमुख नेत्रराज अधिकारीले वताए । नगरले विगतका योजनालाई प्राथमिकता दिएर नया योजनाहरु पनि निमार्णको काम गरिने अधिकारीले जनाए । “विगतको वर्षमा सडकलाई प्राथमिकता दिएका थियौ यस पटक शिक्षा स्वास्थ्य कृषिलाई प्राथमिकता दिनेछौ ,जनताको अपेक्षा अनुसार योजना बन्छ” उनले भने ।
    शिवराज नगरपालिकाको जेठ १७ गते वसेको कार्यपालिकाको वैठकले ११ वटा वडा मध्ये १,३,५ र ९ लाई ७० लाख र अन्य वडालाई ६० लाखको रकममा रहि योजना निमार्ण गर्न आग्रह गरेको छ । नगरले जेठ मसान्त सम्म सवै वडा तथा टोल वाट योजनाहरु पठाईसक्नुपर्ने समेत निर्णय गरेको हो । जिल्लाको विजयनगर गाउँपालिका पनि योजना निमार्णमै देखिएको छ । गाउँपालिकाले पहिलो पञ्चवर्षीय आवधिक योजना निर्माण समेत सम्पन्न गरेको छ । पञ्चवर्षीय योजनालाई आधार बनाएर आगामी वर्षको बजेट निर्माण गर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले वताए ।
    गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता दिन खोजेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले जनाए । कृष्णनगर नगरपालिका पनि योजना बनाउने काममा रहेको छ । वडाहरुवाट योजनाहरु माग गरिएको नगरप्रमुख रजत प्रताप शाहले वताए ।कपिलवस्तुका १० वटै स्थानिय तहलाई बित्तिय समानीकरण अनुदान १ अर्ब ५७ करोड ८९ लाख र शशर्त अनुदान २ अर्ब ६ करोड ३३ लाख गरि कुल ३ अर्ब ६४ करोड २२ लाख रुपैयाँ संघिय सरकारले उपलब्ध गराइएको छ । जिल्लाको अधिंकाश स्थानिय तहहरुले आन्तरिक तर्फ वाट राजस्व संकलन गरेका छन । यस आर्थिक वर्ष २०७५।७६ मा जिल्लाकै नमुनाको रुपमा शिवराज नगरपालिकाले करिव लक्ष्यको तेब्वर राजस्व संकलन गर्ने दावि गरेको छ । ३ करोड लक्ष्य लिएकोमा जेठ सम्म ६ करोड वढी राजस्व संकलन भइसकेकोले अव १ महिनामा ठुला उद्योग तथा अन्य सा्रेत वाट ३ करोड संकलन गरेमा तेब्बर हुनेछ ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा बित्तिय समानीकरण र शशर्त अनुदान गरि ५० करोड ५० लाख रकम उपलब्ध भएको छ । कपिलवस्तु नगरपालिकामा ४५ करोड २७ लाख, बुद्धभूमि नगरपालिकामा ४५ करोड १९ लाख, कृष्णनगर नगरपालिकामा ३६ करोड ३६ लाख, महाराजगञ्ज नगरपालिकामा ३६ करोड ३१ लाख रकम उपलब्ध भएको छ । यस्तै शिबराज नगरपालिकामा ४३ करोड ७३ लाख, मायादेबी गाउपालिकामा २९ करोड ६५ लाख , यशोधरा गाउपालिकामा २५ करोड ९४ लाख रकम उपलब्ध भएको छ । यस्तै बिजयनगर गाउपालिकामा २६ करोड १ लाख, शुद्धोधन २५ करोड २६ लाख रकम उपलब्ध भएको छ ।

    Advertisement

    शुक्रबार, जेठ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation