सागर थापा,दाङ। दाङको लमही पुर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने लमही–भालुबाङ सडक खण्ड मृत्यु मार्गमा परिणत हुदैछ । सिसहनियाँ देखि भालुवाङ सम्म कालोपत्रेको काम सुरु भएपनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मत नहुँदा ठुलाठुला खाडल बन्दै गएको छ ।जसका कारण दैनिक जसो सानो ठुलो दुर्घटना हुने गरेको स्थानीयले बताउने गरेका छन् । उक्त सडकमा हजारौ साना ठुला गाडीहरु आहोर दोहर गर्ने गर्दछन् । सडकमा ठुला ठुला खाडल पर्दा समेत सम्बन्धित निकायले मर्मतका लागि चासो देखाएको छैन । सडक मर्मत संभारको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय दाङले ध्यान नदिएको स्थानीय लोकराज अघिकारीले बताए । सम्बन्धित निकायले कानमा तेल हालेर बसेका कारण राजमार्ग दिनदिनै असुरक्षित बन्दै गएको अधिकारीले बताए । सो खाल्डो समयमा नपुर्ने हो भने त्यसले ठुलो दुर्घटना निम्त्याउने मोटरसाइकल चालक शंकर चौधरीले बताए ।खाल्डो राजमार्गको बिच बिच तथा छेउछाउमा समेत रहेको कारण त्यसले दुर्घटना निम्त्याउने र धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न,सम्बन्धीत निकायले चाडै कालोपत्रे गरिदिनु पर्ने मोटरसाइकल चालक चौधरीले सुझाव दिए ।राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा गाडी दुर्घटना हुने गरेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामीलाई झनै दुख हुन्छ । खासगरी राती यात्रा गर्ने सवारी चालकहरुलाई त्यसले निकै समस्या पारेको छ ।यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझदा कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीले अवको २–३ दिन भित्रमा सडकको अवस्था हेरेर मर्मत वा कालोपत्रेको काम सुरु हुने बताएका छन् ।पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको कुल १ करोड ४१ लाख ७२ हजार लागत लाग्ने भए पनि सिसहनियाँ देखि लमही सम्मको सडक मर्मतको जिम्मा पाएको शान्ति निमार्ण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिएको छ ।जसले सडकको अवस्था हेरेर मर्मत तथा कालोपत्रेको काम गर्ने छ भने सिसहनियाँ देखि धानखोला सम्मको सडक पुरै कालोपत्रे गर्ने जिम्मेवारी पाएको महेश निमार्ण सेवाले ५ करोड ५२ लाख १९ हजारको ठेक्कामा काम जारी राखेको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ।
महेन्द्र राजमार्गमा खाल्डै खाल्डा, दुर्घटनाको जोखिम
महेन्द्र राजमार्गमा खाल्डै खाल्डा, दुर्घटनाको जोखिम

Advertisement
तपाईको प्रतिक्रिया