• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

बुढो रुख काट्दै, नया जोगाउँदै


  •   बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । दाङको देउखुरी वन डिभिजन कार्यालयले बैज्ञानिक वन व्यवस्थापन बाट वनसंरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ । देउखुरीका कुल एक सय ४८ सामुदायिक वन मध्य १७ वटा सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना स्वीकृत भइसकेको छ । १५ वटा सामुदायिक वनमा लागु गरिएको बैज्ञानिक वन व्यवस्थापनको मुख्य उद्देश्य सामुदायिक वनमा रहेका बुढा, पुराना, ढलेका रुखहरु हटाएर नयाँ बिरुवा उत्पादन गर्नु हो । पुराना रुखहरु भित्र किरा लाग्ने धोन्द्रने समस्याका कारण त्यसको काठ काम नलाग्ने समस्या आउने भएकोले समयमै त्यसको उपयोग गर्नुपर्ने नयाँ विरुवा उत्पादन गर्नुपर्ने तर्क वन कार्यालयको छ । देउखुरीको राजपुर गाउँपालिका स्थित प्रतापपुरमा त्रिशक्ति सामुदायिक वन, शिव सामुदायिक वन र गढवा गाउँपालिकामा रहेको सुर्य सामुदायिक वन लगायतमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगर्तका काम भएका छन् । सामुदायिक वन उपभोक्ताबाट पनि बैज्ञानिक वन व्यवस्थापनको विषयमा चासो देखाउँदै सक्रिय सहभागिता रहदै आएको छ । बैज्ञानिक वन व्यवस्थापनको विषयमा स्पस्टता नभएकै कारण समस्या हुने गरेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिवहादुर विकले जानकारी दिनुभयो । सालका बुढा रुखहरु सबै भित्रभित्रै कुहिएका छन्, राखेर फाइदा छैन, समयमै यसलाई व्यवस्थापन गर्न सकियो भने नयाँ विरुवा जाग्न हुर्कन पाउँछन्, उहाँले भन्नुभयो । उक्त सामुदायिक वनको पाँच सय हेक्टर वन मध्य प्रत्येक वर्ष पाँच हेक्टर क्षेत्रमा वन व्यवस्थापनको काम गर्ने अध्यक्ष विकले बताउनुभयो । यसो त सोही वनसंगैको शिव सामुदायिक वनमा पनि पुरानो रुखको संख्या अत्याधिक भएको, चरीचरन नरोकिदा नयाँ सालको बोट विरुवा उत्पादन हुन छाडेपछि जंगलमै जोतेर नयाँ सालको विरुवा उत्पादनको काम शुरु गरिएको छ । पुर्नउत्पादन प्रवद्धृन कार्यक्रम अन्तरगर्त २० हेक्टर क्षेत्रमा नयाँ सालको विरुवा उत्पादनको कामको थालनी गरिएको हो । सालको प्रजाती नै लोभ हुने अवस्थाका कारण पुर्नउत्पादन प्रवद्धन कार्यक्रम लागु गरिएको डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत प्रेमीलालप्रसाद साहाले जानकारी दिनुभयो । जोतेर छाड्ने ठाउँ ठाउँमा केही पुराना रुख छाडेपछि त्यसको बिऊ झरेर उम्रन्छ, यसरी नयाँ विरुवा हर्कन्छ साहाले भन्नुभयो । यसको लागि वन क्षेत्रमा आगलागी र चरीचरनलाई पूर्ण रुपमा वन्द गर्नुपर्ने उहाँको भनाइ छ । सालको रुख सामान्यता ८० बर्षमा तयार हुने गर्दछ । देउखुरीको धेरैजसो वनमा तीनसय बर्ष पुराना रुखहरु रहेका कारण त्यी रुखहरुमा किरा लाग्ने र भित्र गाबी नभएर धोन्द्रोपन रहेने गरेको वन कार्यालयले जानकारी दिएको छ । ५० प्रतिशत भन्दा बढी सालको रुख तीनसय बर्ष पुरानो छन्, काठको लागि प्रयोग गर्न मिल्ने अवस्थामा छैन, यसबाट काटिएका सालका रुखका दाउराको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ, डिभिजन वन कार्यालयका अर्का सहायक वन अधिकृत लालबाबु यादवले भन्नुभयो ।
    वन संरक्षणमा सक्रिय वन कार्यालय
    दाङ देउखुरीका सामदायिक तथा राष्ट्रिय वनको संरक्षणको लागि वन कार्यालयले सक्रियता देखाएको छ । देउखुरी वन डिभिजन कार्यलय स्थापना भएदेखि सामुदायिक वन व्यवस्थापनको हकमा राम्रो सुधार भएपनि काठ चोरी तस्करी नियन्त्रमा पुर्ण सफलता भने प्राप्त गर्न सकेको छैन । एक हजार पाँच सय क्युफिट काठ नियन्त्रण गरेको छ । डिभिजन वन कार्यालय २० जना भन्दा बढीलाई काठ तस्करी लगायतको बढीलाई कारवाही गरिएको छ भने पाँचवटा ट्याक्टर नियन्त्रण गरिएको छ । काठ तस्करको मुख्य नाइकेलाई नियन्त्रणमा लिएपछि देउखुरी क्षेत्रमा काठ तस्करको काम कम भएको देउखुरी वन डिभिजन वन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताले जानकारी दिनुभयो । सव डिभिजनलाई फिल्डमै स्थापना गरेर काम गरिरहेको छ । कार्यालयले अग्नि नियन्त्रण सामाग्री खरिद गरेको छ भने कर्मचारीलाई फिल्ड केन्द्रित हुन निर्देशन दिएको छ । आर्थिक पारदर्शिता नभएको सामुदायिक वनका बैंक खाता बन्द गरिएको छ ।

    Advertisement

    पर्यापर्यटन तर्फ पनि सकृय

    वन कार्यालयलले वन क्षेत्रमा हुने काठ र वन्यजन्तु तस्करी नियन्त्रणको मात्रै काम गरेको छैन, पर्यावरण क्षेत्रमा पनि उत्तिकै सकृय भएर काम गरेको छ । एक गाउँपालिका एक पोखरीको लागि चार लाख बजेट विनियोजन गरेर काम गरिहेको छ । त्यस्तै पर्यावरण क्षेत्रमा ८० लाख र सिमसार क्षेत्रको लागि ५० लाख बजेट विनियोजन गरिएको देउखुरी वन डिभिजन कार्यालयका सूचना अधिकारी प्रेमिप्रसाद साहले जानकारी दिनुभयो । सामुदायिक वनमा तारजाली लगाउने, नर्सरी स्थापना गर्ने, पर्यटन क्षेत्रसंग सम्बन्धित कामको लागि बजेट विनियोजन गरिएको हो ।
    बुधवार संचारकर्मी र डिभिजन वन कार्यालय बीच सहभागितामुलक अन्तरक्रिया तथा स्थलगत अवलोकन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पहिलो सिफ्ट वन क्षेत्रसंग सम्बन्धित अन्तरक्रिया पछि देउखुरीका चारवटै स्थानीय तहमा वन कार्यालयको पहलमा भइरहेको कामको स्थलगत अवलोकन गरिएको थियो । कार्यक्रममा संचारकर्मीको तर्फबाट पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला शाहको नेतृत्वमा दाङ देउखुरीका दर्जन बढी पत्रकारको सहभागिता थियो । वन कार्यालयका डिभजन प्रमुख शिवप्रसाद गुप्ताको नेतृत्वमा वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको सहभागिता रहेको थियो । अनुगमन टोलीलले गढवा सव डिभिजन कार्यालयमा २० लाखको लागतमा स्थापना गरिएको नमूना नर्सरीको अवलोकन गरेको छ । त्यसैगरी त्रिशत्ती, शिव,सुर्य,रामजहरी,जखेरा सामुदायिक वन क्षेत्रमा भएका वन तथा पर्यावरणीय गतिविधिको निरीक्षण गरिएको थियो ।

    बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा चार जनाको शव फेला
    महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...