टेक बहादुर पुन,देउखुरी । लमही नगरपालिकाले वडा नम्बर ८ र ९ का कृषकहरूलाई बोयर जातको बोका अनुदानमा बितरण गरेको छ । अनुदानमा बोका पाउँदा किसान हर्षित भएका छन् । छोटो समयमै बढि तौल हुने बोयर बाख्रा अरू बाख्रा भन्दा चौगुना महँगोमा बिक्रि हुन्छ । बोयर बाख्रा खरिद गर्न सबैको क्षमताले नभ्याउन सक्छ! बोयर बाख्राको उत्पादन गर्ने उपाए अन्य बाख्रा सँगको क्रसिङ्ग नै हो लमही पशुशाखा अधिकृत शिबराज न्यौपानेले भने । ‘महँगो बोका किन्न हामीबाट सम्भब थिएन स्थानिय गँगा घर्तिले भनिन् अब ब्यबसायिक बाख्रा पालन गरेरै दैनिकि चलाउने छौँ ।’ चालु आर्थिक वर्ष ०७५÷०७६ को बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमको बोयर बोका वितरण कार्यक्रम अन्र्तगत लमही नगरपालिका ८ र ९ नम्बर वडा स्थित कृषक समुहहरु लाई ४ लाख ७० हजार मूल्य बराबरको बोकाहरु बितरण गरिएको हो ।छोटो समयमा तौल बढि हुने र लोकल बाख्रा सँग बोयर जातको बोका क्रसिङ्ग गराउँदा ५० प्रतिसत बोयर बाख्रा नै उत्पादन हुने भएकाले बोयर बोका बितरण गरिएको नगर प्रमुख कुल बहादुर केसिले बताए । ३ महिनामा २५ किलो सम्म हुने बोयर बाख्राले किसानको अार्थिक स्थिति मजबुत बनाउनेमा प्रमुख केसीले बिश्बाँस ब्यक्त गरे । उनले ब्यबसायिक बाख्रा पालन गर्दै अार्थिक लाभ लिन पनि सुझाए ।लमही नगरपालिका ८ र ९ नम्बर वडाका व्यवसायिक बाख्रापालन गर्दै आएका प्रति समूह २ का दरले पाँच समुहलाई १० वटा बोका बितरण गरिएको हो । कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, वडा नम्बर पाचँका वडाध्यक्ष बिमबहादुर केसी, लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख शिवराज न्यौपाने, कृषक केदारसिंह थापा, गंगा घर्ती, पत्रकार लगाएतले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण पत्रकार टेकबहादुर पुनले गरेका हुन् ।त्यस्तै नगरपालिकाले खोर सुधारको लागि कृषकहरुलाई नगद १ लाख ४० हजार रूपैँया पनि हस्तान्त्रण गरेको छ । लमही नगरपालिकाको चालु आर्थिक वर्ष ०७५÷०७६ को बाख्रा विकास कार्यक्रमको समितिले छनौट गरेका कृषकहरुलाई खोर सुधारका लागि प्रति कृषक १४ हजारका दरले प्रति समूह २ र ५ समुहबाट १० कृषकहरुलाई १ लाख ४० हजार हस्तान्त्रण गरेको लमही नगरपालिका नगर प्रमुख कसलबहादुर केसीले जानकारी दिए ।।
लमहीका कृषकहरुलाई बोयरजातका बोका बितरण
लमहीका कृषकहरुलाई बोयरजातका बोका बितरण

Advertisement
तपाईको प्रतिक्रिया