• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

उफ् ! गर्मी : अघोषित लोडसेडिङ्ले नेपालगन्जबासीहरु आक्रोषित


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • महेन्द्र सिंह, नेपालगन्ज। सवैभन्दा धेरै गर्मी हुने ठाउ हो नेपालगन्ज। हिजोआज यहांको तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने गरेको छ । तातो हावा र चर्को गर्मी झेलिरहेका नेपालगन्जबासी घरभित्र पनि आराम बस्न सक्ने अवस्था छैन । त्यसको कारण भनेको विद्युत अनियमितता हो । गत साता भन्दा उच्चतम तापक्रममा कमी आएपनि बढ्दै गएको न्यूनतम तापक्रमले गर्मी झनै बढाएको छ ।नेपालगन्जमा उम्सोको अवस्था छ । गत सातासम्म २२÷२४ डिग्री सेल्सियसमा रहेको नेपालगन्जको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस नाघेको छ । अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको नेपालगन्जको तापक्रम केही दिन अघि बर्षा भएपछि ३९ डिग्रीमा झरेको छ । चर्को गर्मीमा विद्युत मात्रै नियमित भै दिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत नियमितताका पहल पनि भैरहेका हुन्छ । तर, चर्को गर्मीका बेला विद्युत अनियमितता झन् बढ्दै जान्छ । प्रत्येक बर्ष गर्मीमा हुने अनियमितताको समस्या यसबर्ष पनि समाधान भएको छैन । कहीकतै मर्मत गर्नु परे नेपालगन्ज वितरण केन्द्रले विद्युत अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन ‘विद्युत के कति कारणले अनियमित भएको हो जानकारीसम्म पाउन सकिंदैन’, नेपालगन्ज–५ की सुमित्रा भट्टराई भन्छिन्, ‘गर्मीमा झनै पीडा दिने काम प्राधिकरणले गरेको छ ।’ दिनभरको चर्को गर्मी सहने नेपालगन्जबासी रातीको समयमा समेत छिनछिनमा जाने विद्युतका कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन । ‘दिनभर गर्मीमा काम गर्छौ, विद्युत गैरहँदा राम्रोसँग सुत्न समेत पाइएको छैन’, इ रिक्सा चालक दिनेश काँदु भन्छन् ।एक घण्टामा दुई÷तीन पटकसम्म विद्युत काटिने गरेको रुस्तम अली बताउँछन् । ‘कम्तिमा लोडसेडिङको जानकारी भए त्यसै अनुसार योजना बनाउन सकिन्थ्यो’, उनी भन्छन्, ‘हाल दिनमा कतिपय बत्ती जान्छ भन्ने गनीसाध्य छैन ।’ पूर्व सूचना विना हुने विद्युत अनियमितताले मेशिनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् । ‘चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ’, नेपालगन्ज–१८ का दिपेश आचार्य भन्छन् । लोडसेटिङ्गको विकल्पमा जेनेरेटर र इन्टभर जडान गरिएपनि लामो समय विद्युत अवरुद्ध हुँद ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्को तिर लागत समेत बढ्न जाने आचार्य बताउँछन् ।विद्युत अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो । जेनेरेटको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी व्यहोर्नु परिरहेको होटल व्यवसायीहरुको भनाइ छ । नेपालगन्जका लागि भारत र नेपाल दुवै तर्फबाट विद्युत आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगन्जमा २४ एमभीए सम्मको विद्युत माग हुने गरेको छ । जसमा १२ एमभीएसम्मको विद्युत भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीका कारण विद्युत अनियमित हुने गर्छ ।बर्षा नहुँदासम्म नेपालगन्जको तापक्रम घट्ने छैन । यद्यपि, जल तथा मौसम विज्ञान विभागले आज सोमबार पश्चिम क्षेत्रमा बर्षाको सम्भावना रहेको जानकारी दिएको छ । विभागले आज मेघ गर्जन सहित हावाहुरीको सम्भावना रहेको बताएको हो।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation