अर्घाखाँची – पानीसहितको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालयसहित ६० वटा घर गोठको छाना उडाएको छ ।
आइतबार साँझको हाबाहुरीले जिल्लाको छत्रदेव गाँउपालिकाको २ र ३ नम्वर वडामा मात्रै एक विद्यालय सहित ६० घरगोठको छानो उडाएको होे । हाबाहुरीले शहिद मेमोरियल बोर्डिंग स्कुलको टिनको छाना तथा स्थानीय बासिन्दाका टिन तथा फुसको छाना उडाएको स्थानीय पिताम्वर खनालले जानकारी दिनुभयो ।हावाहुरीले बल्कोटको हुलाकदेखी पाटीसम्मको क्षेत्रमा बढी क्षती पुर्याएको पनि उहाँले बताउनुभयो । हाबाहुरीका कारण आँप लिची तथा अन्य रुखसमेत लडाएको छ । हाबाहुरीको यकिन क्षतीको विवरण संकलन गर्ने काम भइरहेको छ ।
Advertisement