• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

पानी परेपछि कृषक मकै छर्न र रोपाइँ गर्न ब्यस्त


  •   शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
  • सीता बि. क,प्युठान। पानी परेसँगै प्युठान जिल्लाका खेतबारीहरुमा मकै रोप्न र खेतहरुमा रोपाई गर्न सुरु गरिएको छ। अघिल्ला बर्षहरुमा मकै खेती अगाडि नै गर्ने भए पनि यस बर्ष पानी नपर्दा ढिला भएको हो । पहिलो पटक बिहिवार पानी परेपछि कृषकहरु यतिबेला खुसि भएर धमाधम खेती लगाउनमा ब्यस्त भएका छन् । सरकारले उन्नत बिउबिजन लगाउने भनेपनि अधिकांस कृषकहरूले भने परम्परागत रुपमा पुरानै बिउबिजनले खेती गरिरहेका छन् । लामो समयदेखि खडेरी परेर चिन्तित भएका किसान ,वर्षा भएपछि हर्षित भएका छन्। लामो समयको खडेरी पछि एक्कासी पानी परेका कारण जिल्लाका विभिन्न क्षेत्रका कृषकहरू खुसी भएका हुन।यस बर्ष रोपाईसँगै मकै पनि रोप्ने काम शुरु भएको प्युठान नगरपालिका १० निबासी अगुवा कृषक टेकुलाल गिरिले भने –‘लामो समयदेखि पानी नपर्दा जमिन बाझै बस्ने स्थानीयलाई चिन्ता थियो।’ पानी नपर्दा खेतबारीमा बाली लगाउन समेत नपाएका किसानहरूका लागि पानीले उत्साह थपेको छ। यस्तो हुनु जलबायु परिबर्तन भएकाले यस्तो समस्या प्रती सबैले सोच्नुपर्ने देखिन्छ, उनले भने।अहिले पानी परेपछि जिल्लामा बढेको अत्याधिक गर्र्मी मौसम बाट स्थानीयबासिहरूले शीतलताको अनुभुती समेत गर्न पाएका छन्। खडेरीपछिको पानीले किसानहलाई त फाइदा पुगेकै छ, प्युठान नगरपालिका का एक स्थानीयले भने–‘ दैनिक जसो लागेको डढेलो नियन्त्रणमा समेत पानीले सघाएको छ।’लामो समय परेको खडेरीका कारण प्युठानमा दैनिकजसो आगलागी भएको थियो। आगलागीकै कारण जिल्लाको बिभिन्न स्थानका सामुदायिक वनमा ठूलो क्षति पुगेको थियो ।यहाँको दुर्गम क्षेत्र अन्तर्गतका दर्जनौ स्थानका बारी हालसम्म बाझै रहेको बारिमा मकै रोप्न पानीले सघाएको छ। लामो समयदेखि पानी नपर्दा बैशाख पहिलो सातामै मकै रोप्नुपर्ने बिभिन्न स्थानमा हालसम्म मकै रोप्न सकिएको थिएन तर पानी परेपछि भने अब मकै रोप्न सुरु गरिएको किसान बताउछन्। लामो समयदेखि बर्षा नहुँदा बैशाखको पहिलो साताबाटै मकै छर्न सुरु गर्ने किसानले हालसम्म बाझो बारी समेत जोत्न पाएका छैनन्। जेष्ठ महिनाको अन्तिम साता वित्नै लाग्दा समेत बाझै रहेको बारीमा अब भने मकै छर्न पाएकाले स्थानीय खुसी देखिएका छन् ।

    Advertisement

    शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,
    संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...