• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

बुटिक’सँगै भविष्य बुन्दै महिला


  •   शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । सरुमारानी गाउँ पालिकाका ५ जस्पुरका महिलाहरु पनि विभिन्न आयमुलक सिप सिक्नको लागी विभिन्न तालिमहरु लिरहेका छन् । भने केहीले सिप सिकेर व्यापार व्यवसाय पनि सुरु गरिसकेका छन् । त्यस्तै एउटा उदाहरण बन्न पुगेको छ बुटिक तालिम, एउटा सानो कोठामा १४ जना महिलाहरु आफैमा ब्यस्त देखिन्थे । भित्ता पट्टि हेर्दा थरथिरीका बुट्टा भरिएका कपडाहरु राखिएको थियो । बिध्यालय छेउको एक कोठा भित्र छिर्दा त्यस्तै देखिन्थ्यो ।सरुमारानि गाउँपालिका– ५ जस्पुर शान्ता बरालले सादा कपडामा सितारा, पोते लगाउन सिकिरहेकी छन् । १४ महिलासँगै एकै ठाउँमा बसेर बरालले फुर्सदको समयलाई बुटिक (कपडामा बुट्टा भर्ने) काममा लगेकी छन् ।घरायसी काममा नै दिन बिताउँदै आएका बराल अहिले बुटिकसँग भविष्य बुन्दै छिन् । घरको कामपछि बचेको समयमा नयाँ–नयाँ डिजाइन निकालेर साडी, ब्लाउज , पछ्यौरा लगायत कपडामा बुट्टा भर्ने गर्छिन् । महिलाहरुले विभिन्न आकृतिका बुट्टा भर्न सिकेका छन् ।आफूले लगाउने कपडामा विभिन्न प्रकारका बुट्टा राखेर आकर्षक कपडा तयार गर्ने यो व्यवसायमा गाउँका महिलाहरु संलग्न छन् । घरमै बसेर गर्न सकिने यो व्यवसाय सहज र आम्दानी पनि राम्रो हुने भएकाले महिलाको आकर्षण पनि बढेको छ । सीपको प्रयोग गरी गुणस्तरीय सामग्री उत्पादन गर्ने र व्यावसायिक रुपमा लाग्ने बराल बताउँछिन् । ‘न खर्चको जोहो, न रोजगारीको चिन्ता,’ बरालले भनिन्, ‘सीपले मानिसलाई आयआर्जनको बाटो देखाउँदो रहेछ ।’ घरमै बसेर अरु काम गर्दै यो व्यवसाय गर्न सकिने भएकाले पनि महिलाका लागि यो आम्दानीको माध्यम समेत बनेको बराल बताउँछिन् ।
    केही समय अघिसम्म सहर बजारका युवतीमाझ लोकप्रिय रहेको कपडामा बुट्टा भर्ने बुुटिक व्यवसाय अचेल दुर्गम गाउँसम्म पुगेको छ । घरमै बसेर फुर्सदको समयमा पनि हातमुख जोर्ने पैसा कमाइने ती महिलाको भनाइ छ ।
    ‘कमाइको कुनै स्थायी स्रोत थिएन, काम गर्नका लागि पनि हातमा सीप थिएन,’ बरालले भनिन्, ‘हातमा सीप भए कसैको अगाडि हात पसार्नु नपर्दो रहेछ ।’ तालिमपछि धेरै जसो महिलाहरुले आफूमा भएको सीपको उपयोग गरी आफ्नै लगानीमा बुटिक सञ्चालन समेत गर्ने भएका छन् ।
    बराल मात्र होइन उनका साथीहरु पनि दैनिक कुर्ता, साडी तथा अछ्याउरा लगायत विभिन्न कपडामा सितारा, पोते लगाउन सिकिरहेका छन् । पछिल्लो समय आकर्षक बन्दै गएको बुटिक डिजाइन व्यवसायमा लाग्नका लागि उनिहरुले यस्तो सिप सिकिरहेका छन्।रेलु तथा साना उद्योग बिकास समिति प्युठानको सहयोग तथा ग्रामिण आर्थिक बिकास मञ्च (रेकोडेप) प्युठान ले आयोजना गरेको बुटिक डिजाइन तालिमले महिलाहरु उत्साहित भएका छन् ।फेसनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ महिलाले बनाएका बुटिक डिजाइन लोकप्रिय बन्दै गएपछि महिलाहरु बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहेका छन् । ग्रामिण आर्थिक बिकास मन्च प्युठान का कार्यक्रम संयोजक रन्जना श्रेष्ठले स्थानीय स्रोत, बजारको माग र स्थानीयको चाहना अनुरुप तालिम प्रदान गरेको बताइन। ‘कपडामा बुट्टा भरेर महँगोमा बिक्री गर्दा महिलाको सीप पनि बढ्ने आम्दानी पनि बढ्ने हुन्छ,’ श्रेष्ठले भनिन, ‘सुन्दर भविष्य र नियमित आम्दानी हात पार्नका लागि महिलाका लागि यस्ता तालिम बरदान बन्दै गएको छ ।’ सीमित स्रोत साधनले पनि बुटिक डिजाइन तालिमले बजारको माग पूरा गर्दै रोजगारीको अवसर सिर्जना गर्नेे उनको भनाइ छ । यस्ता सीपबाट स्थानीय गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने भएकाले यस्ता तालिम उपलब्ध गराइएको उनको भनाइ छ ।बुटिक व्यवसाय महिलामा लोकप्रिय बन्दै गएको छ । आर्थिक अवसर, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वकांक्षी भावनाले महिलाहरु परम्परागत चुलोचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेको आयोजक सस्थाकी अध्यक्ष निर्मला पोख्रेलले बताइन् । ‘महिलालाई सक्षम बनाउन र आयआर्जनमा टिकाउन बुटिक व्यवसायमा महिलाको आकर्षण बढेको छ,’ पोख्रेलले भनिन्, ‘सामान्य कपडामा बुट्टा भरेर महिलाले कपडालाई मात्र होइन आफ्नो भविष्य पनि सुन्दर बनाएका छन् ।’ गाउँघरमा काम नभएर दिनभर गफिएर दिन बिताउने महिलाका लागि आम्दानीको माध्यम बनेको उनको भनाइ छ ।त्यस्तै माण्डबी गाउँपालिका वडा न. ३ मा पनि सिप मुलक तालिम सञ्चालन भैरहेको छ । त्यहाँ कपडामा महिलाहरुले बुट्टा भर्दै गरेको सुन्दर दृष्य देख्न सकिन्छ । १२ जना महिलाहरु सहभागी रहेको तालिममा उनीहरुले विभिन्न् थरीका कपडामा निकै आकर्षक तरिकाले बुट्टा भर्ने गरेका छन् ।कसैले फुलको बुट्टा भरीरहेका थिए । भने कसैले कपडामा रुखका पात, फुल, रुखका हाँगाहरु बुट्टा भरेको प्रष्टै देखिन्थ्यो । हामी अव आत्मनिर्भर बन्छौँ भन्दै जोसीलो र फुर्तीलो देखिन्थे महिलाहरु ।लुगामा बुट्टा भर्दै देवा रावत ले भनिन्,–‘आयोजक सस्थाले महिलाहरुको क्षमता विकासको लागी कार्यक्रम ल्याएको छ । यसले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ । फुर्सदमा गफ गरेरै बित्ने आफ्ना दिनहरु अब काम गरेर बित्नेछन् ।’तालिममा सहभागी कमला सुनार ले पलस टु सकेर सिप सिक्न आएको बताईन् । उनले भनिन्–‘ पढाईले मात्र केही गर्ने रहेनछ , बरु सिप सिकेको मान्छे अरुको भरमा बस्नु पर्दैन् । आफु पनि केही न केही गर्न सक्छ । सिप नसिकेर अहिलेसम्म अरुकै भरमा बाचियो अब म पनि आत्म निर्भर बन्ने छु ।’ उनि बुटिक तालिमपछि व्यावसायिक बन्ने सोंचमा छिन् । बजारमा अहिले बुटिकमा तयार गरिएको कपडाको माग बढिरहेकाले यसको भविष्य राम्रो भएको बताउँछिन् । ‘यस्ता सीपमूलक तालिमले आत्मनिर्भर बन्न हौसला मिलेको छ,’ सुनारले भनिन्, ‘फुर्सदमा बुटिक भरेर घरखर्च पनि टार्न मिल्ने भएकाले रोजगारीको चिन्ता छैन ।’

    Advertisement

    शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...