• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

तम्घासको खानिगाउँमा बोरिङबाट पिउने पानीको ब्यवस्था


  •   आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको समस्या भएपछि बोरिङबाट पानीको व्यवस्था गरिएको छ । सुख्खा समय सुरु भएसंगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पानीको ब्यवस्था गरिएको हो । केहि दिन अघि रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाल्ने काम सफल भएपछि अरु वडाहरुमा पनि पानीको ब्यवस्था गरिएको छ । नगरपालिका भित्र तम्घासमा पहिलो पटक परिक्षण सफल भएपछि नगरको वडा नम्बर ८ मा पनि बोरिङबाट पानीको ब्यवस्था गरिएको खानिगाउँ खानेपानी उपभोक्ता समिति अध्यक्ष बालसिंह काउछाले बताए । तम्घासको खानिगाउँमा केहि वर्ष अघिबाटै लिपटिङ्गबाट पानी लिउने कि बोरिङ्गबाट गर्ने छलफल भइरहेको खानिगाउँ खानेपानी उपभोक्ता समिति सचिव कृष्ण भण्डारीले बताए । उनले अहिले खानेपानीको चरम समस्या भएपछि त्यसलाई तत्कालै समाधान गर्नको निम्ति बोरिङबाट खानेपानीको व्यवस्था गरिएको भण्डारीले बताए । तमघासको बसपार्क नजिकैबाट ७५ मिटर गहिराइबाट पानी निकालिएको हो । खानिगाउँ खोनपानी उपभोक्ता समितिमा आबद्ध ३ सय ५० घरधेरीलाई बोरिङबाट पानीको ब्यवस्था गरिएको अध्यक्ष काउछाले बताए । बोरिङबाट खानेपानीको व्यवस्था गर्न रेसुङ्गा नगरपालिकाबाट १६ लाख रुपैयाँ र प्रदेश सरकारबाट २५ लाख गरि ४१ लाखमा निकालिएको हो ।
    नगरबाट थोरै रकमले सम्भव नभएपछि खानिगाउँ खानेपानी उपभोक्ता समिति अध्यक्षले प्रदेश सरकारसँग बजेटको व्यवस्था गर्न पहल भएको उपभोक्ता समिति सचिव भण्डारीले बताए । यस वर्ष प्रर्याप्त पानी नपर्दा छिट्टै मुहानहरु सुक्न थालेपछि खानेपानीको लागि समस्या वढेको हो ।बोरिङबाट निकालिएको पानी तत्कालै बितरण टंकीमा लगिएको र सोमबारबाट बितरण गर्न लागिएको सचिव भण्डारीले बताए । जमिनमुनिबाट पानी निकाल्ने यो प्रबिधि तम्घास वासिको निम्ति नयाँ र नौलो प्रबिधि हो । तम्घास बजारमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ को मज्याङ्गबाट लिफटिङ्ग गरेर पानी ल्याउन धेरै समय लाग्ने भएपछि खानेपानीको चरम समस्या तत्कालै टार्नको लागि बोरिङबाट खानेपानीको व्यवस्था गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए । मज्याङ्गबाट लिफ्ट गरिनेपानी नै तम्घासवासीको लागि दिर्घकालिन खानेपानीको समधान रहेको भुसालको भनाई छ । उक्त योजना केन्द्रिय योजना अन्र्तगत रहेकाले सर्वे लगायतमै लामो समय लाग्दै आएको छ । लिफ्ट गर्न धेरै रकम लाग्ने भएकालेपनि योजना तत्कालै सम्पन्न हुने अबस्था छैन् । खानेपानीको समस्या भएपछि रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा ५ सय २१ घरधुरीहरुलाई बोरिङबाट पानीको ब्यवस्था गरिएको छ । बोरिङबबाट पानी निकाल्नको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तम्घासको प्राबिधिक सहयोग गरेको छ तम्घासमा पिउँने पानीको समस्या हुदै गएपश्चात नगरपालिकाले ट्याङकरबाट दैनिक रुपमा पानी बितरण गरिरहेको छ । बिभिन्न स्थानबाट ल्याएर ढुवानी खर्च उठने गरि मात्रै रकम लिएर पानी बितरण गर्दै आएको छ । अघिल्लो वर्षको तुलनामा तम्घासमा भएका मुलहरु सुक्दै जान थालेसँगै यस वर्ष तम्घासमा खोनपानीको चरम समस्या देखिएको छ । तम्घास बजारमा बिशेष गरि वडा नम्बर ९ र ८ मा वढि मात्रामा खानेपानीको समस्या देखिएको छ । भने अरु वडाहरुमा पनि अघिल्लो वर्षको तुलनामा समस्या वढदै जान थालेको छ ।

    Advertisement

    आइतबार, जेठ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...