काठमाण्डौ – बहुचर्चित आधुनिक गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीत बजारमा आएको छ। गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् । बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका हुन् । ‘कहाँ गयौ तिमि’म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।पूर्वका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र रोहित घिमिरेलाई प्रस्तुत गरिएको छ । ग्लोरी मिडियाले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन कैलाश रेग्मीले गरेका हुन् ।म्युजिक भिडियोमा चोखो मायामा धोका पाउँदाको पीडाको कथा प्रस्तुत गरिएको छ ।
Advertisement