रुकुम (पूर्व)- रुकुम पूर्वमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।जिल्लाको भूमे गाउँपालिका– ७ गुनाम गाउँमा २० वर्षीय विरत विकले आफ्नै बुवा अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहिवार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या भएको जानकारी दिनुभयो । हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरिएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।प्रारम्भिक अनुसन्धानका अनुसार घरायसी कारणले हत्या भएको बताइएको छ ।
अहिले घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
Advertisement