
गायक र संगीतकार प्रदिप लामाले ’नशा यो कस्तो नशा’ गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायक/ संगीतकार प्रदिप लामाले आफ्नै संगीतमा (नशा यो कस्तो नशा )बोलको पप गीतको भिडियो बजारमा ल्याएका हुन् | गायक तथा संगीतकार प्रदिप लामाको पछिल्ला गीत हेर्ने हो भने नेपाली गीत थुप्रै छन् यसका अलावा उनले हिन्दी गीतहरु पनि गाएर युट्युवमा राखेका छन् । उनले गाएका हिन्दी गीत र नेपाली गीतहरु युट्युव सर्च गर्दा थुप्रै पाइन्छन् । गायन र संगीतलाई अगाडी बढाउँदै अहिले भने ‘ सुनिल गिरी’को शब्द रहेको गीतलाई गायक प्रदिप लामा आफैले संगीत गरी उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् |गीतमा संगीत संयोजन भने पुस्कर सुनुवार को रहेको छ | गीतमा निर्देशन गायक स्वयम् प्रदिप लामा, छायांकन संजित श्रेष्ठ,भिडियो सम्पादन, मोहन सुनुवार नबिन’को रहेको छ | भिडियोमा श्रेया कार्की र दिनेश कंडेल’को मनमोहक अभिनय हेर्न पाईञ्छ |गीतको भिडियोलाई गायक प्रदिप लामाको आफ्नै युट्युब च्यानल’मा हेर्न सकिन्छ |