• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

पुल निर्माण अधुरै: स्थानियको सपना होला त पूरा?


  •   मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमही । लमहीको हसनापुर र राजपुरको बेला जोड्ने पुलको निर्माण कार्य यो बर्ष पनि पूरा हुन नसक्ने भएको छ। समयमा पुल नबन्दा पुलबाट अावात जावत गर्ने स्थानियको सपना अँधुरै हुने भएको हो । ५सय ५० मिटर लम्बाई रहेको पुललाई २०७६ साल अषाढ मसान्त सम्म काम सक्ने गरि टोण्डि शर्मा हिरा चन्द जेबि कन्ट्रक्सनले ठेक्का लिएको हो । तर काम सुरु गरेको तीन बर्ष बितिसक्दा समेत अाधा काम पनि सम्पन्न हुन नसक्दा स्थानिय चिन्तित छन् । हसनापुर निवासी ध्रुब चौधरीले निर्माण कम्पनिको ढिलासुस्तिले पुल समयमा नबनेको अारोप लगाए ।सम्झौता अनुसार नभएपछि १ बर्ष समयाबधी थप गरेर निर्माण कार्य गरिएको जेबि कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सुमन मिश्रले बताए । मिश्रका अनुसार कामको सहजताका लागि बाटो निर्माण र पानीको बहाबलाई पल्लो छेउँबाट बगाँउदा समय लागेको हो । “कार्यक्षत्रमा पानी नअावस भनेर बाँधिएको बाँध पनि पानी परेर भत्काईदिन्छ, गाडी हिड्ने बाटो पनि बिगार्छ, मिश्रले भने फेरि बाटो बनाउ,बाँध बनाऊ, यसले गर्दा पनि काममा ढिला भएको हो ।” साईड कन्डिसन र सटेज सामानले पनि साथ नदिएको उनको भोगाई छ । यता ३ बर्षमा अाधा हुन नसकेको काम थप १ बर्षमा सम्पन्न हुनै नसक्ने हसनापुर निवासी बलबहादुर घर्तिको ठहर छ । बर्षायाम शुरू भएसँगै राप्ती पारिका स्थानिय राप्तिकै कारण दुख झेल्ने गर्छन् । राप्ती पारिका स्थानियलाई अौषधी उपचार वा ठूलो सामान किनमेलको लागी लमही पुग्नुपर्ने बाध्यता छ । राप्तिमा पानिको बहाब बढेपछि गढवा हुँदै लमही पुग्नुपर्छ । राजपुरको बेला, कठ्बेरूवा, चप्फा लगायतका गाउँको छोटो बाटो नै हसनापुर हो । यस क्षत्रका स्थानिय समयमा पुल नबन्दा थप समस्या झेल्न बाध्य भएका छन । “यहि बर्ष पुल चढ्ने सपना थियो, तर कामको गति कछुवा ताल भयो, एक स्थानियले भने- अझै ३बर्ष दुख पाउने भईयो ।” जेबि कन्ट्रक्सनले पुल महाशाखाको करिब ५५ करोडको लागतमा ३ बर्ष पहिले निर्माण कार्य शुरु गरेको हो ।यो सँग सँगै अनम कन्ट्रक्सन प्रालि.ले सुरु गरेको राप्ति गाउँपालिका अन्तर्गत सिसहनिया, महादेबा हुँदै भारतको पचपेडुवा जोड्ने ८सय ६५ मिटर लम्बाईको पुल निर्माण कार्य भने अन्तिम चरणमा छ । नेपाल सरकारको करिब ८३ करोडको लागतमा नेपालको दोस्रो ठूलो पुल भनेर निर्माण कार्य शुरु गरिएको हो । २०७७ साल अषाढ मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएपनि १ बर्ष अगाबै निर्माण कार्य सकिने कम्पनिका ईन्जिनियर सुदिप बस्यालले बताए । यहि अषाढ भित्रै निर्माण कार्य सकिने बस्यालले जनाए । अनम कन्ट्रक्सनले लमहीको सतबरिया देखि राजपुरको भैसहवा जोड्ने ५सय २ मिटर र जहरे देखि जँग्रहवा जोड्ने २सय ८२ मिटर लामो पुलको निर्माण कार्य पनि सम्झौता अगाबै सक्ने गरि काम गरिरहेको छ । सतबरियाको ५०प्रतिसत र जहरेको ६५ प्रतिसत काम पूरा भइसकेको ईन्जिनियर बस्यालको भनाई छ । नेपाल सरकारको भ्याट सहित ६५ करोडको लागतमा निर्माण कार्य शुरू गरिएको सतबरिया घाटको पुल २०७८सालमा निर्माण गरिसक्नु पर्ने सम्झौता छ । त्यस्तै ५१ करोडको लागतमा जहरे पुललाई २०७७ सालभित्र सम्पन्न गरि सक्नुपर्ने सम्झौता भएको छ ।

    Advertisement

    मङ्गलबार, जेठ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation