टेक बहादुर पुन, देउखुरी। धेरै कमाउने र धनी बन्ने सपना बोकेर दाङको लमही ६ निवासी ३३ बर्षिय दिनेश अाचार्य युएई पुग्नुभयो । त्यहाँ ६ वर्ष बिताउनुभयो। दैनिक १४/१५ घण्टा काममा घोटिईनुपर्थ्यो । भनेजस्तो कमाइ भएन । मिहिनेत त गर्नै पर्थ्यो तर,तलब र काम राम्रै थियो। उनी खुसी नै थिए । खाडीको चर्को घाम,कहिले भोकै प्यासै, कहिले अनिदै काम गर्नुको सकस कम्ती थिएन अाचार्यलाई । ‘लामो डिउटीले गर्दा खानाको टुङ्गो हुन्थेन’ उहाँले दुखेसो पोख्दै भन्नुभयो’ ‘भोकै प्यासै काम गर्नुपर्थ्यो’ । बाबु आमालाई जति सन्तानको पीर कस्लाई लागोस र ? आचार्यका साना नानिबाबु, ताते ताते खेलाउने ईच्छा कस्को बाबालाई नहुँदो होर? परिवारबाट टाढा बस्नुपर्दाको पीडा पनि भोग्नुभयो उहाले।
‘छोराछोरीको याद आउथ्यो घर संझन्थे र रुन्थे’ आचार्यले भन्नुभयो। उहाँमा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना पलायो ।र घर फर्कने निधो गर्नुभयो। तर घर फर्केर के गर्ने भन्ने अन्योलमा हुनुहुन्थ्यो । जेनतेन दुख गरेर नेपालमा व्यापार तिर लगानी गर्ने सोच थियो । उहाँको सपना अाज पूरा भएको छ । लमही बजारमा ४० लाख रूपैयाको एकल लगानीमा उहाले’हाम्रो राम्रो डेकोरेशन एण्ड सप्लायर्स’ सँचालन गर्नुभएको छ ।
प्रयाप्त सेवा सुबिधा सहित घर सजावटका सामाग्री रहने गरी व्याबसाय संचालन गर्नु भएको हो । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बिधिबत रुपमा डेकोरेशनको उद्वघाटन गर्नुभएको हो । ठूलो लगानीले देशलाई ठुलै फाईदा हुने प्रमुख केसीले बताउनुभयो।
बिदेशको आम्दानी, स्वदेशमा लगानी।
बिदेशको आम्दानी, स्वदेशमा लगानी।
Advertisement
तपाईको प्रतिक्रिया