• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • ६. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ७. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ८. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ९. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • १०. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

सुरु भयो एक महिने रमजान


  •   मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । मुस्लिम समुदायको एक महिने पवित्र पर्व रमजान मंगलबारबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् ।

    Advertisement

    इस्लाम पात्रोको नवौँ महीनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महीनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । यसै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो ।

    रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ । धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट मानिसलाई टाढा राखेर चरित्रवान व्यक्ति बनाउने, गलत कार्य गरेमा पश्चात्ताप गर्ने, कसैमाथि अन्याय नगर्ने, झुट नबोल्नेका साथै असल कार्य गर्ने सम्बन्धमा प्रतिबद्धता प्रकट गर्ने रुपमा पनि लिने गरिएको छ । यसका साथै, यस पर्वमा दानको पनि विशेष महत्व पनि रहेको छ । गरीबलाई गरिने दानलाई ‘जकात’ भनिन्छ ।

    मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।

    चन्द्रमाको आधारमा मनाइने गरिएको यो पर्व २९ वा ३० दिनको हुने गर्दछ । चन्द्रमाको दर्शनपछि यो पर्व बिहानबाट शुरु भएको मोहम्मद मुनिर आलमले जानकारी गराउनुभयो । एक महीना रोजा अर्थात् उपवासमा बसेर चन्द्रमाको दर्शन गरेपछि विधिवतरूपमा रमजान पर्वको समापन हुन्छ । त्यसपछि, इस्लाम धर्मावलम्बी खुशीयालीको रुपमा इदउल–फित्र अर्थात् इद पर्व मनाउने गर्छन् ।

    एक महीनासम्म निरन्तररूपमा चल्ने यस पर्वमा प्रत्येक दिन रोजा (उपवास) बस्ने गर्छन् । सूर्योदय हुनुअगावै भोजन गरिसक्नुपर्ने हुन्छ । सूर्योदय भएपछि थुक पनि निल्नु नहुने मान्यताका साथ यस पर्वमा दिनभर उपवासमा बसेपछि सूर्यास्त भएपछि अन्न ग्रहण गर्ने गरिन्छ । समयको हेरफेर हुने भएकाले रोजा शुरु गर्नुअगावै र साँझ अन्न ग्रहण तालिकाको आधारमा गर्नुपर्ने नियम रहेको पोखराकै शेख अब्दुल हसनले बताउनुभयो ।

    इस्लाम धर्मको पाँच स्तम्भमध्ये चारा स्तम्भ यस पर्वसँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ । सूर्योदय हुनुअगावै गरिएको भोजनलाई ‘सहरी’ र सूर्यास्त भएपछि गरिने भोजनलाई ‘इफ्तार’ भन्ने गरिन्छ । मस्जिदमा बेलुकी ९ बजेको समयमा पढ्ने नमाजलाई ‘तरावीह’ भन्ने गरिएको मुनिर आलमले भने, “पोखराका करीब १० हजारको सङ्ख्यामा रहेको इस्लाम धर्मावलम्बीहरु आस्थाका साथ ऐक्यबद्ध भएर रमजान पर्व मनाइरहेका छन् ।”

    रमजान पर्वको अवधिमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुनेका साथै आफ्नी श्रीमतीसँग पनि शारीरिक सम्पर्क गर्नु नहुने र अन्य महिलालाई छुन पनि नहुने पर्वको कडा नियमभित्र पर्ने शेख अब्दुल हसनले बताए । शुद्ध आचरणका साथ यो पर्व गरेमा अल्लाहको कृपाप्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

    अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई रोजा अर्थात् उपवासमा नबस्ने छुट दिइएको छ ।

    मङ्गलबार, बैशाख २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान
    अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान
    गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल
    नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation