प्रिया स्मृती गजमेर,दाङ।
पोखरा बिश्व बिधालयका पुर्ब उपकुलपति डाक्टर केशरजग बरालले नेपालमा शैक्षिक बिकाशको लागी ब्रिटिश गोरखाका लाहुरेहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन ।
बिगतमा गोर्खापल्टनमा काम गर्ने नेपालीहरुले आफु निबृत्त भईसकेपछि आफु जन्मे हुर्केको दुरदराजका बिधालयहरुलाई चन्दा दिएर शैक्षिक बिकाशको लागि सहयोग गर्दे आएकोमा पछिल्लो समय बिधालयमा लगानी गरेर दक्ष जनशक्ती उत्पादन सगै रोजगार श्रृजनामा समेत भुमिका खेलेको बताए । शीक्षाको बिकाशको लागी लगानीले मात्र प्रयाप्त नुहुने भन्दै बरालले शिक्षक बिधालय र अभिभाबक बिच त्रिकोणात्मक सम्बन्ध राम्रो भयो भने मात्र बालबालिकाको शिक्षाको गुणस्तर राम्रो हुने बरालले बताए । गोरखा ग्रुप प्रालिद्धारा लमहीमा सचालित प्रस्ताबित गोरखा मोडेल सेकन्डरी स्कुलको आज सम्उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व उपकुलपती बरालले सो कुराबताएका हुन् । गोरखा ग्रुप प्राईबेट लिमिटेड सचालन समितिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा पोखरा बिश्व बिधालयका पुर्ब उपकुलपति डाक्टर केशरजग बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बिधालय उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षाको गुणस्तर सुधारमा गोरखा ग्रुपले खेलेको भुमिकाको सराहना गरेका थिए । गोर्खा ग्रुपका सिईयो नवल सिह जिएमले बिधार्थिहरुका लागी राम्रो अक सगै राम्रो जानकारी हुन आबश्यक रहेकोले जानकारी मुलक शिक्षाको लागी गोरर्खा ग्रुपले विद्यार्थीको मनोभाबना अनुसारको शिक्षण पद्धति अपनाएर अगाडी बढ्ने बताए । जिएमले बिधार्थिले बोल्ने, लेख्ने, सामुहिक नेतृत्व लिन सके समुहमा बसेर छलफल गर्न सक्ने र उनिहरुले आर्जन गरेको शिक्षाले विश्वका जुनसुकै ठाउमा पनि बिक्न सक्ने खालको शिक्षा प्रदान गर्ने उदेश्यसहित गोरखा ग्रुप सचालनमा आएको बताए । गोरर्खा मोडेल सेकन्डरी स्कुल लमहीका सिईयो डाक्टर जिबराज आचार्यको स्वागत मन्तब्यबाट शुर भएको कार्यक्रममा बिधालयका प्रन्सिपल लोकमान रिजालले बिधालयको शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथी लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले दक्षजनशक्ती उत्पादन गर्न सक्ने हिसाबले लमहीमा बिधालय खोल्नु खुसिको कुरा भएको बताए । प्रमुख केसीले नम्बरको आधारमा भन्दा पनि जानकारीको आधारमा बिधार्थिहरुको पठन पाठन हुन आबश्यक रहेको बताए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य यादब गिरी , गोरखा ग्रुप संचालन समितिका सदस्य हरि बुढा मगर, नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह, अभिभाबक अर्जुन अधिकारी लगाएतले बोलेका थिए । सो अबसरमा लमही नगरपालिकालाई सम्मान गरिएको थियो भने बिधालयको बिभिन्न कक्षामा प्रथम दितिय तृतिय तथा सान्त्वना हुनेलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो, कार्यक्रमको सचालन शिक्षक एचएन पाण्डेयले गरेका थिए ।
शैक्षिक बिकाशको लागी ब्रिटिश गोरखाका लाहुरेहरुको योगदान महत्वपूर्ण
शैक्षिक बिकाशको लागी ब्रिटिश गोरखाका लाहुरेहरुको योगदान महत्वपूर्ण
Advertisement
तपाईको प्रतिक्रिया