प्रिया स्मृती गजमेर ,दाङ।
रङ्गिचङ्गि, हराभरा र घर आँगनको दैलो अगाडि हरियाली वातावरण बनाउने लक्ष्य । यहि लक्ष्य आत्मसाथ गरि हातमा हसिँया, खुर्पा, बेल्चा लगाएत अन्य सरसफाई गर्ने सामाग्री बोकेर सरसफाई अभियानलाई निरन्तर्ता दिईदै सरसफाईमा फट्को मार्दै गैई रहेको छ दाङको लमही नगरपालिका टाउन प्लानिङ्ग क्षेत्र टोल विकास संस्थाले । सरसफाई अभियानको लागि विहान बेलुका नभनि, रातोडाँडामा सरसफाई अभियानलाई अगाडि बढाई रहेको टाउन प्लानिङ्ग क्षेत्र टोल विकास संस्थाका अध्यक्ष कृष्ण खनालले बताए । सरसफाई अभियानलाई तेरो मेरो नभनि, एक अर्काबिच हातेमालो गरि सरसफाई अभियानलाई तिब्रता दिएका छौ, अध्यक्ष खनालले भने ’– टाउन प्लानिङ्ग क्षेत्र टोललाई नगरकै सुन्दर र स्वच्छ टोल विकास संस्था बनाउने लक्ष्यका साथ अगाडि बढेका छौ’। 
यस्तै सरसफाई अभियानमा लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगिले दाङ जिल्लामै सरसफाईको रुपमा एकमात्रै पहिलो नगरपालिका दाङको लमही नगरपालिका भनेर चिनाउने अभियानमा रहेको बताए । लमही नगरपालिकालाई स्वच्छ र हरियाली नगरपालिकाको रुपमा विकसित गरि दाङ जिल्लामै सरसफाईको रुपमा एकमात्रै पहिला नगरपालिकाको रुपमा स्थापना गर्ने डाँगिले बताए । हाम्रो लमही नगरपालिका राम्रो लमही नगरपालिकाले नारालाई टेकेर नगर क्षेत्रका सम्पूर्ण नगरवासीहरुले आ–आफ्नो क्षेत्रमा टोल विकासको नेतृत्वमा सरसफाई अभियान चलाउँन डाँगिले टोल विकास संस्थालाई आग्रह समेत गरे ।
सरसफाई अभियान अहिले रातोडाँडा स्थित टाउन एरियामा भैरहेको छ । टाउन प्लानिङ्ग क्षेत्र रातोडाँडा टोल विकास संस्थाको नेतृत्व, नगर विकास समितिको सहकार्य र लमही नगरपालिकाको सहयोगमा सरसफाई अभियान आयोजना गरिएको टाउन प्लानिङ्ग क्षेत्र रातोडाँडा टोल विकास संस्थाका अध्यक्ष कृष्ण खनालले जानकारी दिए ।
यस्तै अध्यक्ष खनालका अनुसार सुरु–सुरुमा दैनिकि सरसफाई अभियान चलाईयो । दैनिकि सरसफाई अभियान पश्चात अहिले पुरा सरसफाई भएको छ । घर आँगन पूर्णरुपमा सरसफाई भएपछि अहिले साप्ताहिक रुपमा सरसफाई अभियानलाई निरन्तर्ता दिएका छौ,। घर अगाडिका नाला छेउछाउका दुबो, अन्य विविध फोहर, सडक वरपर रहेका भोला, सुर्तिजन्य फोहर बस्तु लाई पूर्णरुपमा संकलन गरिएको छ । नगरपालिका र नगर विकासले सिफारिस गरे अनुसार एक घर एक हरियालि बनाउने योजना बनाएका छौँ, घर वरपर सरसफाई गर्न सजिलो छ । घर नबनेको खालि प्लटमा सरसफाई गर्न अलि गाह्रो भएको अध्यक्ष खनालले बताए । सरसफाई अभियानको निरिक्षण पनि निरन्तर भैरहेको छ | सरसफाईको माध्यमबाट योग र ध्यान गरौँ, साथै साथै सरसफाई अभियानमा सहभागि हुन सबैमा टोल विकास संस्थाले आह्वान गरेको छ ।।
सरसफाईमा अग्रसर बन्दै टोल विकास संस्था
सरसफाईमा अग्रसर बन्दै टोल विकास संस्था
Advertisement
तपाईको प्रतिक्रिया