• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

नाङ्गीक्षेत्रको पर्यटन बिकासगर्न दुइ जिल्लाका जनप्रतिनिधिको ऐक्यबद्धता ।


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान।
    प्युठान र बागलुङ जिल्लाका दुइ सिमावर्ती गाउँपालिका मिलेर एक साथ पर्यटन प्रबर्धनको क्षेत्रमा काम गर्ने भएका छन । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी र निशीखोला गाउपालिका अध्यक्ष तारानाथ पौडेलले जैविक बिबिधताले भरिपुर्ण उच्च पहाडी भेग नाङ्गी क्षेत्रको पर्यटन बिकासका क्षेत्रमा एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन ।प्युठानको रजवारा र बागलुङको बोहोरगाउँको सिमावर्ती क्षेत्रमा भेला भएर उनिहरुले नाङ्गीको पर्यटनमा दिगो सहकार्य गर्ने निर्णय गरेका हुन।

    Advertisement

    ‘नाङ्गी क्षेत्र दुवै जिल्लाको संगमस्थल रहेकाले मिलेर काम गर्ने गरी तयारी थालेका हौ ।’ गौमुखी गाउंपालिका अध्यक्ष गिरिले भन्नुभयो–’नाङ्गीको एकीकृत पर्यटन बिकास मिलेर गर्ने सहमती भएको छ।’ अर्खाको नाङ्गीमा एक भेलाको आयोजना गर्दै भएको सहमती अनुसार नांगीक्षेत्रको पर्यटन गतिबिधीलाई अघि बढाउन दुईटै गाउँपालिकाका अध्यक्ष संरक्षक रहने गरी सात सदसिय नाङ्गी क्षेत्र पर्यटन बिकास समन्वय समिति गठन गरिएको छ । त्यस क्षेत्रमा आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन आवस्यकीय पुर्वाधारको बिकासमा मिलेर काम गर्ने गरि सहमती भएको हो ।

    त्यस्का लागि आगामी आर्थिक बर्षबाट दुवै गाउपालिकाले नियमित रुपमा बजेट बिनियोजन समेत गर्ने भएका छन। बाग्लुङको निशिखोला गाउँपालिका अध्यक्ष पौडेलले स्थानीय तह मिलेर काम गरे बिकास धेरै पर नरहेको बताउनुभयो । हामी पहिलो पटक यसरी एक ठाउँमा आएका छौ । उहाले भन्नुभयो–यो प्रयासलाई सार्थकता दिन्छौ । पर्यटन क्षेत्रको विविधीकरण र विस्तारसंगै नागरिकको जीवनस्तर फेर्न यो सहमती कोसेढुगा सावित हुने नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाबिर रानाले बताउनुभयो। गौमुखी र निशीखोला क्षेत्रको धार्मिक र सांस्कृतिक गन्तव्यहरुको एकीकृत पर्यटकिय बिकास प्रबद्धन र पर्यटकिय बजारिकरणमा ठोस योगदान पुर्याउर्ने उहाले ठहर छ। यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ ।

    बागलुङको ढोरपाटन सिकार आरक्षसंग जोडिएको नाङ्गी क्षेत्र समुन्द्री सतह देखि ३६५२ मिटरको उचाईमा छ। प्युठान जिल्ला सदरमुकामवाट ४० किलोमिटर टाढाको अर्खा, रजवारा हुँदै ३ घण्टा बढी पैदल हिडेर नाङ्गीलेक पुग्न सकिन्छ। दुई जिल्लाको संगमस्थल रहेको यो पर्यटकीय क्षेत्रमा थुप्रै पर्यटकीय र जैविक महत्वबोकेका स्थान र सम्पदा रहेकाले संरक्षण प्रयास थाल्न ढिला गर्न नहुने अर्खाका प्रदिप तामाङले बताउनुभयो ।

    मध्यपहाडी लोकमार्ग तथा बाग्दुला भिमगिठे सडकको निर्माण कार्य पूरा गरिए यो क्षेत्र पर्यटन संजालमा जोडिन सक्ने संभावना छ। नाङ्गी लेक हिमशृङखला, पहाडी भुगोल, लालीगुराँसको जङ्गल, भेडागोठ, झरना, बनस्पती, दुर्लभ वन्यजन्तु पशुपन्छी लगायतको अवलोकनका लागि आकर्षक स्थल हो ।गौमुखी संरक्षित बन क्षेत्र अन्तरगत पर्ने यो भेगमा ७ प्रजातीका लालिगुरास र लोपन्मुख जडिबुटी समेत पाईन्छन।

    महाभारत पहाडी सृङ्खलामा रहेको प्युठानको कोठिभीर,नाङ्गी र पंचासे लेकले राप्ती नदिको समेत जलाधार क्षेत्र संरक्षणमा टेवा पुर्याईरहेको सम्बद्ध बिज्ञहरु बताउछन।प्युठान लगायतका छिमेकी जिल्लाहरुमा मनसुनी वर्षा गराउन यो पहाडी शृङ्खलाको महत्वपुर्ण योगदान रहेको बताईन्छ।

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...