बिमल प्रसाद पोख्रेल, प्युठान ।
स्वर्गद्धारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले दुई करोड रुपैया लगानी गरि होमपाईप उद्योग सञ्चालनमा ल्याएका छन् ।उनले एकल लगानी गरेर १३ रोपनी जग्गामा उद्योग स्थापना गरि संचालनमा ल्याएको बताए । अहिले उध्योगले होमपाईप उत्पादन समेत थालेको छ। जिल्लामै उद्योग खोलिए संगै बाहिरी जिल्लाबाट होमपाईप खरिद गर्नुपर्ने बाध्यता हटेको छ। उद्योगमा दैनिक ८ वटा होमपाईप उत्पादन हुन्छन् । उद्योगमा उत्पादन गरिएको होमपाईप प्युठान जिल्ला संगै रोल्पा, अर्घाखाँची, गुल्मी, दाङ लगाएतका क्षेत्रमा खपत हुने गरेको उनले बताए ।
हाँलसम्म उनले ३० लाख बराबरको होमपाईप विक्रि गरेको जानकारी दिए । अहिले उनको उद्योगमा झण्डै १ करोड बराबरको उत्पादन भएको होमपाईप स्टग रहेको उनले बताए । आफुले उत्पादन गरेको होमपाईप यो बर्ष खासै बिक्री नभएको उनले बताए ।यो वर्ष प्युठान जिल्लामै उध्योग खुलेको जानकारी नहुँदा व्यवसायीहरुले बाहिरी जिल्लाबाट होमपाईप खरिद गरेको बताए। आफुले उत्पादन गरेको होमपाईप प्युठान जिल्ला संगै आसपासमा सौलिएत दरमा उपलब्ध गराउने र ५० किलोमिटरसम्मको ढुवानी निशुल्क गरिदिने व्यवस्था गरिदिएको उनले जानकारी गराए।उनले पि.डि. मल्टिप्रपोज प्राली नामक कम्पनीबाट माण्डवी–३ देविस्थानमा तीन महिना अघि देखि उद्योग संचालन गर्दै आएका हुन। लामो समयदेखि कपडा पसल गरेका कालाथोकीले जिल्लामै नयाँ व्यवसायका रुपमा होमपाईप उत्पादन गर्ने व्यवसाय सञ्चालनमा ल्याएको बताए । ‘सानै देखि व्यवसायमा रुचि रहेको बताउने उनले भने,–‘मैले जिल्लामै नयाँ व्यवसाय सञ्चालन गरेको छु । ’
कालाथोकीले सञ्चालनमा गरेको उद्योगमा एक दर्जन यूवाले रोजगारी पाएका छन् । उद्योगमा कच्चा पदार्थ संकलन, होमपाईप उत्पादन, ड्राईभर गरि एक दर्जन यूवालाई रोजगारी दिएको उनले बताए । ’
प्युठानमै खुल्यो करोडको होमपाईप उद्योग
प्युठानमै खुल्यो करोडको होमपाईप उद्योग
Advertisement
तपाईको प्रतिक्रिया