• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

‘बस हेर्ने रहर’


  •   बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
  • – केशु मगर
    सिलुवाबजार लाई हामी हटिया भन्थ्यौं। मैले बुझें अनुसार, नेवारहरुको बस्ती भएको ठाउँलाई हटिया भनिँदोरहेछ। हटिया अर्चलेबासीहरुको मुख्य व्यापारिक केन्द्र थियो। त्यत्तिबेला रामपुर हाम्रो लागि त्यत्ति परिचित थिएन। गाँस बाँस र कपासको सम्पुर्ण जिम्मा हटिया बजारले लिएको थियो। गाउँलेहरु दिनैपिच्छे गैइरहन्थे।

    Advertisement

    सिलुवामा साँच्चिकै नुनदेखि सुनसम्म पाइन्थ्यो। मिठाईदेखि चामलसम्म पाइन्थ्यो। रुमालदेखि सिरक/डसनासम्म पाइन्थ्यो। दुनोटदेखि चाउमिनसम्म पाइन्थ्यो। घर जलाउन सक्ने सलाइदेखि घर बनाउन चाहिने सबै सामानहरु पाइन्थ्यो।

    मेरी आमापनि बेलाबेला सिलुवा गैइरहनुहुन्थ्यो। दैनिक उपभोग्य सामानहरुको लिस्ट बोकेर आमा करिव ३/४ घन्टाको बाटो लाग्न तयार बन्नुहुन्थ्यो। म उहाँको लुंगीको फेरो समातेर पछिपछि दौडिन्थें। मेरा साथीहरु उसैगरि निस्कन्थे। बिशेष त शनिबार गैइन्थ्यो। तर यसो भनिरहदा अरु बार पनि त्यत्तिकै महत्वपूर्ण बन्थ्यो, जब सिलुवा गैइन्थ्यो।

    खासमा हामी केटाकेटीहरु सिलुवाबजार गाडी(बस, बाइक, कार, जीप, ट्याक्टर, ट्रक) हेर्ने रहरले जान्थ्यौं। रामपुरबाट तानसेन जाने र तानसेनबाट रामपुर आउने सवारी साधनहरु सिलुवामा भेट्थे। सिलुवाबजार गएको दिन, यदि हराएको भए हामी पनि त्यहीँ भेटिन्थ्यौं।

    रहर भन्ने चिज बडो एकालकाँटे हुदोरहेछ। जसको अगाडि उमेर, दुरी, ज्यान, वजन सबै सबै चिजहरुले हार्दोरहेछ।
    रामपुरबाट आउने बसहरु ढल्की ढल्की सिलुवाको बाटो आउदा हामी टाउको ढल्काई ढल्काई हेर्थ्यौं। हाम्रा अभिभावकहरु पसल पसल चाहर्नुहुन्थ्यो, हामी आश्चर्यजनक मुद्रामा प्रत्येक गाडीका झ्याल झ्याल चियाउथ्यौं। जब सिलुवा छोडेर साधन गुडिसक्थ्यो, हाम्रा आँखाहरु नदेखुन्जेल उतै दौडिन्थ्यौं।

    त्यो बेला सोच्थ्यौ, हाम्रो गाउमा यस्ता बसहरु कहिले जाला ? हाम्ले आफ्नै गाउँमा यस्ता गाडी छुन पाईएला ?

    साँझ हामी फर्किन्थ्यौं। बाटो ठाडो ओरालो पर्थ्यो फर्किँदा। हाम्रा खुट्टाहरु खुम्चिन गाह्रो पर्थ्यो। हाम्रो मनभरि एउटै जिज्ञासा/आशा खुन्चिन्थ्यो,
    ‘हामी घरसम्म गाडीमा कहिले जान पाइन्छ होला ?’

    केही बर्षपछि गाउँमा मोटरबाटो पुग्यो। तर गाडी चल्न सम्भव भएन। शहर पढ्दासम्म हामी सिलुवाबाटै यात्रा गर्थ्यौं। बस रामपुरबाट आउथ्यो। हामी त्यसै बसमा चढेर शहर जान्थ्यौं। गाडीमा यात्रुहरूको भिड लाग्थ्यो। हामीलाई गाडीमा सिट पाउन मुस्किल हुन्थ्यो। प्राय : उभिएरै यात्रा गर्नुपर्थ्यो। त्यत्तिबेला मनमा एउटा प्रश्न उभिरहन्थ्यो,
    ‘हामीले आफ्नै गाउँबाट सुखद यात्रा गर्न कहिलेदेखि पाउछौं होला ?’

    केहिबर्षपछि गाउबाट जीप चल्न सुरु भयो। हामीलाई ठूलो राहत मिल्यो। तर हाम्रो गाउँ/बस्ती ठुलो भएकोले कुनैबेला सबै यात्रुहरु जीपमा यात्रा गर्न सम्भव हुदैनथ्यो/हुदैन। त्यस्तो बेला फेरि मान्छेहरूले हिडेरै यात्रा गर्नुपर्छ/पर्थ्यो। त्यो बेला सबैको मनमा एउटै प्रश्न हिँडिरहन्थ्यो,
    ‘कहिलेदेखि हामीले सुखद यात्रा गर्न पाउछौं होला ?’

    फेरि जिन्दगी न हो चलिरहन्छ। हिजो जसरी चलेको थियो, आजपनि त्यसरी नै चल्छ। भोलिपनि हिजो जस्तै चल्नेछ। – हामी यस्तै सोच्छौं। तर जिन्दगीमा कहिलेकाही नसोचेको कुराहरु भैइदिन्छन्।

    संसारमा सूचना प्रबाहको सबैभन्दा भरपर्दो माध्यम भनेको केटाकेटीहरु नै होलान्।
    ‘भोलि देखि हाम्रो गाउँमा बस आउने भएछ।’ – हिजो गाउँमा केटाकेटीहरु यस्तै कुरा गर्दै थिए। रमाउदै थिए।
    मलाई भने बिश्वास लागेन। वास्ता गरिन। लाग्यो, बल्ल बल्ल जीप चल्ने गाउँमा बस के उडेर आउँछ ?
    तर
    जब गाउँमा बस पुगेको फोटोहरु फेसबुकको वालभरी देखें। मनमनै उफ्रिएछु। नाँचेछु। गाएछु। सायद यो अर्चलेबासीहरुको लागि यो दुई/तीन दशकदेखि कै ठूलो खुसीको खबर बन्यो होला। हामीले सानोमा हेर्न खुब रहर गर्ने गाडी आज आफ्नै आँगनमा पुगेछ। यो भन्दा ठूलो खुशी अरु हुन सक्दैन।

    आज गाउँमा बस पुग्यो। अब खाँचो छ बिधुतको। जलस्रोतको दोस्रो धनी देशको एक कुना मेरो अर्चले अझै अध्यँरोमै रुमल्लिरहेको छ।

    म सोच्छु, दिनमा सुन्दर देखिने मेरो अर्चले रातीको समयमा झन् कति सुन्दर देखिन्छ होला ?
    हामीलाई रातमा पनि हाम्रो सुन्दरता नियाल्नु छ। यसको लागि बिजुली जरुरी छ। यसको लागि सबैको पहल होस्।

    अन्त्यमा,
    अर्चले वडामा बस पुर्याउन भुमिका खेल्ने जनप्रतिनिधिहरु, सरकारी अधिकारीहरु, भद्रभलाद्मीहरु, बुद्दिजिवीहरु, अगुवाहरु, सरोकारवालाहरु, सम्पुर्ण नागरिकहरु, जनताहरु, चालक र सहचालकहरु । सबैसबैमा धन्यवाद आभार ब्यक्त गर्दछु। र हामी अर्चलेबासीहरु सबैमा बधाई। अब हामीले सोचेको जस्तो सुखद यात्रा पक्कै हुनेछ। यो खुशी आज बेलुन जस्तै उडिरहेको छ, कामना गर्दछु यो बेलुन नफुटुन्।

    अब हामी विधुतको लागि पहल गर्नेछौ। उज्यालो छर्नेछौ। मुहार उज्यालो पार्नेछौ मुहार उज्यालो भएपछि हाम्रो गाउँ आफै उज्यालो हुनेछ।

    फेरि बधाई हामीलाई।

    बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation