• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

‘बस हेर्ने रहर’


  •   बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
  • – केशु मगर
    सिलुवाबजार लाई हामी हटिया भन्थ्यौं। मैले बुझें अनुसार, नेवारहरुको बस्ती भएको ठाउँलाई हटिया भनिँदोरहेछ। हटिया अर्चलेबासीहरुको मुख्य व्यापारिक केन्द्र थियो। त्यत्तिबेला रामपुर हाम्रो लागि त्यत्ति परिचित थिएन। गाँस बाँस र कपासको सम्पुर्ण जिम्मा हटिया बजारले लिएको थियो। गाउँलेहरु दिनैपिच्छे गैइरहन्थे।

    Advertisement

    सिलुवामा साँच्चिकै नुनदेखि सुनसम्म पाइन्थ्यो। मिठाईदेखि चामलसम्म पाइन्थ्यो। रुमालदेखि सिरक/डसनासम्म पाइन्थ्यो। दुनोटदेखि चाउमिनसम्म पाइन्थ्यो। घर जलाउन सक्ने सलाइदेखि घर बनाउन चाहिने सबै सामानहरु पाइन्थ्यो।

    मेरी आमापनि बेलाबेला सिलुवा गैइरहनुहुन्थ्यो। दैनिक उपभोग्य सामानहरुको लिस्ट बोकेर आमा करिव ३/४ घन्टाको बाटो लाग्न तयार बन्नुहुन्थ्यो। म उहाँको लुंगीको फेरो समातेर पछिपछि दौडिन्थें। मेरा साथीहरु उसैगरि निस्कन्थे। बिशेष त शनिबार गैइन्थ्यो। तर यसो भनिरहदा अरु बार पनि त्यत्तिकै महत्वपूर्ण बन्थ्यो, जब सिलुवा गैइन्थ्यो।

    खासमा हामी केटाकेटीहरु सिलुवाबजार गाडी(बस, बाइक, कार, जीप, ट्याक्टर, ट्रक) हेर्ने रहरले जान्थ्यौं। रामपुरबाट तानसेन जाने र तानसेनबाट रामपुर आउने सवारी साधनहरु सिलुवामा भेट्थे। सिलुवाबजार गएको दिन, यदि हराएको भए हामी पनि त्यहीँ भेटिन्थ्यौं।

    रहर भन्ने चिज बडो एकालकाँटे हुदोरहेछ। जसको अगाडि उमेर, दुरी, ज्यान, वजन सबै सबै चिजहरुले हार्दोरहेछ।
    रामपुरबाट आउने बसहरु ढल्की ढल्की सिलुवाको बाटो आउदा हामी टाउको ढल्काई ढल्काई हेर्थ्यौं। हाम्रा अभिभावकहरु पसल पसल चाहर्नुहुन्थ्यो, हामी आश्चर्यजनक मुद्रामा प्रत्येक गाडीका झ्याल झ्याल चियाउथ्यौं। जब सिलुवा छोडेर साधन गुडिसक्थ्यो, हाम्रा आँखाहरु नदेखुन्जेल उतै दौडिन्थ्यौं।

    त्यो बेला सोच्थ्यौ, हाम्रो गाउमा यस्ता बसहरु कहिले जाला ? हाम्ले आफ्नै गाउँमा यस्ता गाडी छुन पाईएला ?

    साँझ हामी फर्किन्थ्यौं। बाटो ठाडो ओरालो पर्थ्यो फर्किँदा। हाम्रा खुट्टाहरु खुम्चिन गाह्रो पर्थ्यो। हाम्रो मनभरि एउटै जिज्ञासा/आशा खुन्चिन्थ्यो,
    ‘हामी घरसम्म गाडीमा कहिले जान पाइन्छ होला ?’

    केही बर्षपछि गाउँमा मोटरबाटो पुग्यो। तर गाडी चल्न सम्भव भएन। शहर पढ्दासम्म हामी सिलुवाबाटै यात्रा गर्थ्यौं। बस रामपुरबाट आउथ्यो। हामी त्यसै बसमा चढेर शहर जान्थ्यौं। गाडीमा यात्रुहरूको भिड लाग्थ्यो। हामीलाई गाडीमा सिट पाउन मुस्किल हुन्थ्यो। प्राय : उभिएरै यात्रा गर्नुपर्थ्यो। त्यत्तिबेला मनमा एउटा प्रश्न उभिरहन्थ्यो,
    ‘हामीले आफ्नै गाउँबाट सुखद यात्रा गर्न कहिलेदेखि पाउछौं होला ?’

    केहिबर्षपछि गाउबाट जीप चल्न सुरु भयो। हामीलाई ठूलो राहत मिल्यो। तर हाम्रो गाउँ/बस्ती ठुलो भएकोले कुनैबेला सबै यात्रुहरु जीपमा यात्रा गर्न सम्भव हुदैनथ्यो/हुदैन। त्यस्तो बेला फेरि मान्छेहरूले हिडेरै यात्रा गर्नुपर्छ/पर्थ्यो। त्यो बेला सबैको मनमा एउटै प्रश्न हिँडिरहन्थ्यो,
    ‘कहिलेदेखि हामीले सुखद यात्रा गर्न पाउछौं होला ?’

    फेरि जिन्दगी न हो चलिरहन्छ। हिजो जसरी चलेको थियो, आजपनि त्यसरी नै चल्छ। भोलिपनि हिजो जस्तै चल्नेछ। – हामी यस्तै सोच्छौं। तर जिन्दगीमा कहिलेकाही नसोचेको कुराहरु भैइदिन्छन्।

    संसारमा सूचना प्रबाहको सबैभन्दा भरपर्दो माध्यम भनेको केटाकेटीहरु नै होलान्।
    ‘भोलि देखि हाम्रो गाउँमा बस आउने भएछ।’ – हिजो गाउँमा केटाकेटीहरु यस्तै कुरा गर्दै थिए। रमाउदै थिए।
    मलाई भने बिश्वास लागेन। वास्ता गरिन। लाग्यो, बल्ल बल्ल जीप चल्ने गाउँमा बस के उडेर आउँछ ?
    तर
    जब गाउँमा बस पुगेको फोटोहरु फेसबुकको वालभरी देखें। मनमनै उफ्रिएछु। नाँचेछु। गाएछु। सायद यो अर्चलेबासीहरुको लागि यो दुई/तीन दशकदेखि कै ठूलो खुसीको खबर बन्यो होला। हामीले सानोमा हेर्न खुब रहर गर्ने गाडी आज आफ्नै आँगनमा पुगेछ। यो भन्दा ठूलो खुशी अरु हुन सक्दैन।

    आज गाउँमा बस पुग्यो। अब खाँचो छ बिधुतको। जलस्रोतको दोस्रो धनी देशको एक कुना मेरो अर्चले अझै अध्यँरोमै रुमल्लिरहेको छ।

    म सोच्छु, दिनमा सुन्दर देखिने मेरो अर्चले रातीको समयमा झन् कति सुन्दर देखिन्छ होला ?
    हामीलाई रातमा पनि हाम्रो सुन्दरता नियाल्नु छ। यसको लागि बिजुली जरुरी छ। यसको लागि सबैको पहल होस्।

    अन्त्यमा,
    अर्चले वडामा बस पुर्याउन भुमिका खेल्ने जनप्रतिनिधिहरु, सरकारी अधिकारीहरु, भद्रभलाद्मीहरु, बुद्दिजिवीहरु, अगुवाहरु, सरोकारवालाहरु, सम्पुर्ण नागरिकहरु, जनताहरु, चालक र सहचालकहरु । सबैसबैमा धन्यवाद आभार ब्यक्त गर्दछु। र हामी अर्चलेबासीहरु सबैमा बधाई। अब हामीले सोचेको जस्तो सुखद यात्रा पक्कै हुनेछ। यो खुशी आज बेलुन जस्तै उडिरहेको छ, कामना गर्दछु यो बेलुन नफुटुन्।

    अब हामी विधुतको लागि पहल गर्नेछौ। उज्यालो छर्नेछौ। मुहार उज्यालो पार्नेछौ मुहार उज्यालो भएपछि हाम्रो गाउँ आफै उज्यालो हुनेछ।

    फेरि बधाई हामीलाई।

    बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation