• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

लोकप्रिय समाचार

  • १. असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

  • २. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार


  •   शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • प्युठान। भाइटीकाको भोलिपल्ट, प्यूठान नगरपालिका ७ पुण्यखोलामा आयोजित ऐतिहासिक डल्ले सराय नाच यस वर्ष पनि सकिएको छ।
    जिल्लाभर प्रख्यात क्वाडी चितिखोला र क्वाडी बगैंचा नाचमध्ये डल्ले सराय नाचलाई विशेष महत्वका साथ हेरिन्छ।
    स्थानीय किम्बदन्तीअनुसार, वर्षौंअघि गाउँमा एक मानवरूपी राक्षसले वर्षेनी एक जनाको मासु खाने गरेको कथा छ। त्यो परम्परा तोड्दै एक साहसी युवकले आफ्ना बाबु नपठाई पुन्यखोला डल्लेमा पुगेर राक्षसको वध गरे। त्यस घटनापछि चार गाउँका मानिसहरूले तरबार बोकी ‘वाख्यै, वाख्यै’ भन्दै नाचेर उत्सव मनाएका थिए। त्यही प्रसङ्ग सम्झँदै यो नाचको परम्परा आजसम्म निरन्तर छ।
    डल्ले सराय नाचको विशेषता भनेकै यसको सामूहिकता हो। गाउँका दिदीबहिनीहरूले लगाइदिएको फूलको मालामा सजिएर युवा र अधबैंसे सहभागी हुन्छन्। स्थानीयको भनाइमा, ‘यो नाच दुख दिने राक्षसलाई बध गरेको खुसीमा मनाईने उत्सव हो।’
    ऐतिहासिक अभिलेख नहुँदा ठ्याक्कै कहिले सुरु भएको भन्ने पक्का छैन। तर लोकश्रुतिअनुसार यो परम्परा तेह्रौँ शताब्दीको अन्त्यतिर सुरु भएको मानिन्छ। पछिल्ला वर्षहरूमा यस नाचलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने परम्परा भने २०७० सालमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको पहलमा सुरु भएको हो।
    यस वर्षको प्रतियोगितामा आठ समूहले सहभागिता जनाएका थिए। आयोजक प्यूठान नगरपालिकाले प्रथम हुने समूहलाई एक लाख रुपियाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपियाँको पुरस्कार वितरण गरेको छ।
    नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार, सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप २०–२० हजार रुपियाँ दिइएको छ।
    श्रेष्ठले भन्नुभयो, ‘डल्ले सराय नाच प्यूठानी सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। यसलाई अब सांस्कृतिक पर्यटनको प्रमुख आकर्षणका रूपमा अगाडि बढाउने नीति नगरपालिकाले लिएको छ।’
    तिहारको भाईटिकाको भोलिपल्ट शुक्रबार दिनभर गाउँभर गुञ्जिएको ढोल, मादल र ठट्यौली आवाज साँझ ढल्दै जाँदा विस्तारै थामियो। तर पुन्यखोलाको आकाशमा अझै पनि गुञ्जिरहेजस्तो लाग्छ ‘वाख्यै… वाख्यै…’

    Advertisement

    शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या
    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी,

    • २.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

    • २.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ४.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ७.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ८.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...