‘सर्वे गर्दै छौं,सकिएपछी काम सुरु हुन्छ’-खनाल
Advertisement
राम बहादुर बिश्वकर्मा, प्युठान। बाग्दुला हुँदै बागलुङ- भिमगिठेसम्म सडक निर्माण हुने भएपछी उत्तरी प्युठानका स्थानीयमा खुसियाली छाएको छ । जिल्लामा रहेका ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका सम्पदाहरु प्रबर्द्धन र ग्रामीण पर्यटकीय विकासमा सहयोग पुग्ने भन्दै स्थानिय खुशी भएका हुन् ।यो सडक निर्माण पश्चात प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची र बागलुङवासीलाई केन्द्रीय राजधानी जोड्ने सरल मार्गको रुपमा पनि यो सडकलाई लिइएको छ । यो सडक काठमाडौं जाने वैकल्पिक मार्ग समेत हुने बताईन्छ। म्याग्दी, बागलुङ क्षेत्रकालाई पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमको यात्रा गर्न उत्तिकै सहज हुनेछ ।नेपाल- भारत सिमाना कपिलवस्तुको कृष्णनगरदेखि भालुबाङ हुँदै बाग्दुला-मच्छी-अर्खा, बागलुङको भिमगिठे हुँदै म्याग्दी, मुस्ताङ, लोमान्थाङदेखि चीनको तिब्बत जोड्ने लक्ष्यका साथ निर्माण हुन लागेको सडक निर्माणपछि गौमुखी क्षेत्रमा बिकासको ढोका खुल्नेमा आसाबादी रहेको स्थानिय लिलामणी थापाले बताए । बाटो बनेपछी स्थानीयलाई आउजाउमा समस्या नहुने र गौमुखीक्षेत्रको पर्यटन समेत फस्टाउनेमा आफू ढुक्क रहेको उनले सुनाए।’सडक निर्माणका लागि आवास्यक प्रक्रीया सकिएको छ भन्ने सुनेका छौ’ उनले भने,’ काम छिटो सुरु भैदिए हुन्थ्यो।’गौमुखी गाउँपालिका २ अर्खा का अध्यक्ष डोर बहादुर रानाले बाग्दुला भिमगिठे सडक निर्माण कार्य सुरु हुन लागेको खबरले खुशी लागेको बताए।’पुर्वाधार अभावले ठगिएका हाम्रा लागि त यो खुसीको कुरा हो।’ उनले भने,’सडक निर्माण भए यो भेगको जीवनशैली पनि फेरिन्थ्यो होला।’राष्ट्रीय योजना आयोगका पुर्ब उपाध्यक्ष गोबिन्दराज पोख्रेलले आफू योजना आयोगमा रहदा पहल गरेर यो त्रीदेशीय सडक योजना पारेको दावी गरे। उनले ‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण लगानीमा प्यूठान देखी वाग्लुङ्गको भिमगिठे गण्डकि प्रदेशसगंको सम्वन्धलाई जोड्ने गरि योजना अघि बढाईएको सुनाईए।भारतको कोइलावास हुँदै दाङ–भालुबाङ, प्यूठान–बाग्दुला, बागलुङ–भीमगिठे भएर मुस्ताङ पुगी चीन जोड्ने उक्त सडकको लक्ष्य रहेको उल्लेख गरे। जिल्लामा बिकासका थुप्रै काम अघि बढाउन आवास्यक रहेको भन्दै झिमरुक नदि तटबन्ध ,जिल्लामा ओभरसियर अध्यापन गराउने शिक्षालय ,बर्सेनि जिल्लाबाट हुने युवापलायनलाई रोक्न विभिन्न रोजगारीको अबसर लगायतका कयौं काम गर्न समेत आग्रह गरेका छ्न ।बाग्दुला- भिमगिठे सडक छेउका जग्गाका मोही लाई उचित क्षतिपुर्तिको ब्यबस्था सहित काम छिटो सम्पन्न गर्न उत्त्तिकै आबश्यक रहेको औलाए ।सडक सम्पन्न भएमा मुक्तिनाथ आएका पर्यटक अर्खा स्थित पबित्र तपोभुमी गौमुखी दर्शन गरी स्वर्गद्वारी आउने छोटो मार्ग हुने पोख्रेलको भनाई छ । नेपाली काग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेलले यो सडक प्युठानिको मेरुदण्ड भएको बताउँदै सडक गुणस्तरीय बनाउन उत्तिकै आबश्यक रहेको बताए। सडकमा पर्ने जग्गाधनिलाई जिल्लाको चलनचल्ती अनुसार निर्माण कम्पनी र नेपाल सरकार सङ्ग उचित क्षतिपुर्ती प्रदान गराउने ब्यबस्था मिलाउन सम्पुर्ण राजनितिक दलको भुमिका हुनुपर्ने पोख्रेलको भनाई छ। २ करोड ६६ लाख ७ हजार ५ सय ६५ ६६ डलर लागतमा निर्माण गर्न लागिएको सडक दुई लेनको वनाईने छ , दुई लेनको सडक निर्माण गरेर कालोपत्रे गर्नेपनि स्टीमेट गरिएको छ । आवश्यक डिजाइन स्टिमेट सकेर निर्माणका लागी ज्वैण्ट सर्भे भइरहेको छ भने अबको तीन बर्ष भित्रमा सडक निर्माण कार्य सम्पन्न हुने सडक योजनाका प्रमुख गोबिन्द खनालले बताए।उनले भने ‘सर्वे सकिएपछी काम सुरु हुन्छ’नेपाल सरकार र निर्माण कम्पनी बीच सम्झौता भइ ८ जना इन्जिनियरको टोलि शुक्रवार मात्र सर्बे गर्दै झिमरुक गाउँपालिकाको मच्छी पुगेको छ। हाल ट्रयाक खोलिएको सडकलाई नौ मिटर चौडा बनाउने योजना छ । नौ मिटर सडकमा सात मिटर चौडामा कालोपत्रे गरिने खनालको भनाई छ।सडक निर्माणको जिम्मा तुन्दि कन्ट्रकसन जेभीले लियको छ !सडकले त्रिदेशीय सम्बन्ध राख्ने बताइएको छ । बाग्दुलादेखि वाग्लुङ्गको सिमा साविकको अर्खा गाविससम्म कच्ची सडक निर्माण भइसकेको छ । सडकको सन् २०१६ मा विस्तृत अध्ययन गरिएको थियो । भालुबाङदेखि भीमगिठेसम्मको दूरी १ सय ३२ किलोमिटर छ । भालुबाङ–बाग्दुला ५९ किलोमिटर यसअघि नै कालोपत्रे भइसकेको छ भने बाग्दुला देखि भिमगिठे सम्मको दुरि ७४ कि मि रहेको छ ।यो सडक काठमाडौं जाने वैकल्पिक मार्ग समेत हुनेछ । म्याग्दी, बागलुङ क्षेत्रकालाई पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमको यात्रा गर्न सहज हुनेछ ।