• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

बाग्दुला-भिमगिठे सडक बन्ने भएपछी अर्खाबासीमा खुशियाली


  •   शनिबार, बैशाख ०७, २०७६ मा प्रकाशित
  • ‘सर्वे गर्दै छौं,सकिएपछी काम सुरु हुन्छ’-खनाल

    Advertisement

    राम बहादुर बिश्वकर्मा, प्युठान। बाग्दुला हुँदै बागलुङ- भिमगिठेसम्म सडक निर्माण हुने भएपछी उत्तरी प्युठानका स्थानीयमा खुसियाली छाएको छ । जिल्लामा रहेका ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका सम्पदाहरु प्रबर्द्धन र ग्रामीण पर्यटकीय विकासमा सहयोग पुग्ने भन्दै स्थानिय खुशी भएका हुन् ।यो सडक निर्माण पश्चात प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची र बागलुङवासीलाई केन्द्रीय राजधानी जोड्ने सरल मार्गको रुपमा पनि यो सडकलाई लिइएको छ । यो सडक काठमाडौं जाने वैकल्पिक मार्ग समेत हुने बताईन्छ। म्याग्दी, बागलुङ क्षेत्रकालाई पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमको यात्रा गर्न उत्तिकै सहज हुनेछ ।नेपाल- भारत सिमाना कपिलवस्तुको कृष्णनगरदेखि भालुबाङ हुँदै बाग्दुला-मच्छी-अर्खा, बागलुङको भिमगिठे हुँदै म्याग्दी, मुस्ताङ, लोमान्थाङदेखि चीनको तिब्बत जोड्ने लक्ष्यका साथ निर्माण हुन लागेको सडक निर्माणपछि गौमुखी क्षेत्रमा बिकासको ढोका खुल्नेमा आसाबादी रहेको स्थानिय लिलामणी थापाले बताए । बाटो बनेपछी स्थानीयलाई आउजाउमा समस्या नहुने र गौमुखीक्षेत्रको पर्यटन समेत फस्टाउनेमा आफू ढुक्क रहेको उनले सुनाए।’सडक निर्माणका लागि आवास्यक प्रक्रीया सकिएको छ भन्ने सुनेका छौ’ उनले भने,’ काम छिटो सुरु भैदिए हुन्थ्यो।’गौमुखी गाउँपालिका २ अर्खा का अध्यक्ष डोर बहादुर रानाले बाग्दुला भिमगिठे सडक निर्माण कार्य सुरु हुन लागेको खबरले खुशी लागेको बताए।’पुर्वाधार अभावले ठगिएका हाम्रा लागि त यो खुसीको कुरा हो।’ उनले भने,’सडक निर्माण भए यो भेगको जीवनशैली पनि फेरिन्थ्यो होला।’राष्ट्रीय योजना आयोगका पुर्ब उपाध्यक्ष गोबिन्दराज पोख्रेलले आफू योजना आयोगमा रहदा पहल गरेर यो त्रीदेशीय सडक योजना पारेको दावी गरे। उनले ‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण लगानीमा प्यूठान देखी वाग्लुङ्गको भिमगिठे गण्डकि प्रदेशसगंको सम्वन्धलाई जोड्ने गरि योजना अघि बढाईएको सुनाईए।भारतको कोइलावास हुँदै दाङ–भालुबाङ, प्यूठान–बाग्दुला, बागलुङ–भीमगिठे भएर मुस्ताङ पुगी चीन जोड्ने उक्त सडकको लक्ष्य रहेको उल्लेख गरे। जिल्लामा बिकासका थुप्रै काम अघि बढाउन आवास्यक रहेको भन्दै झिमरुक नदि तटबन्ध ,जिल्लामा ओभरसियर अध्यापन गराउने शिक्षालय ,बर्सेनि जिल्लाबाट हुने युवापलायनलाई रोक्न विभिन्न रोजगारीको अबसर लगायतका कयौं काम गर्न समेत आग्रह गरेका छ्न ।बाग्दुला- भिमगिठे सडक छेउका जग्गाका मोही लाई उचित क्षतिपुर्तिको ब्यबस्था सहित काम छिटो सम्पन्न गर्न उत्त्तिकै आबश्यक रहेको औलाए ।सडक सम्पन्न भएमा मुक्तिनाथ आएका पर्यटक अर्खा स्थित पबित्र तपोभुमी गौमुखी दर्शन गरी स्वर्गद्वारी आउने छोटो मार्ग हुने पोख्रेलको भनाई छ ।  नेपाली काग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेलले यो सडक प्युठानिको मेरुदण्ड भएको बताउँदै सडक गुणस्तरीय बनाउन उत्तिकै आबश्यक रहेको बताए। सडकमा पर्ने जग्गाधनिलाई जिल्लाको चलनचल्ती अनुसार निर्माण कम्पनी र नेपाल सरकार सङ्ग उचित क्षतिपुर्ती प्रदान गराउने ब्यबस्था मिलाउन सम्पुर्ण राजनितिक दलको भुमिका हुनुपर्ने पोख्रेलको भनाई छ। २ करोड ६६ लाख ७ हजार ५ सय ६५ ६६ डलर लागतमा निर्माण गर्न लागिएको सडक दुई लेनको वनाईने छ , दुई लेनको सडक निर्माण गरेर कालोपत्रे गर्नेपनि स्टीमेट गरिएको छ । आवश्यक डिजाइन स्टिमेट सकेर निर्माणका लागी ज्वैण्ट सर्भे भइरहेको छ भने अबको तीन बर्ष भित्रमा सडक निर्माण कार्य सम्पन्न हुने सडक योजनाका प्रमुख गोबिन्द खनालले बताए।उनले भने ‘सर्वे सकिएपछी काम सुरु हुन्छ’नेपाल सरकार र निर्माण कम्पनी बीच सम्झौता भइ ८ जना इन्जिनियरको टोलि शुक्रवार मात्र सर्बे गर्दै झिमरुक गाउँपालिकाको मच्छी पुगेको छ। हाल ट्रयाक खोलिएको सडकलाई नौ मिटर चौडा बनाउने योजना छ । नौ मिटर सडकमा सात मिटर चौडामा कालोपत्रे गरिने खनालको भनाई छ।सडक निर्माणको जिम्मा तुन्दि कन्ट्रकसन जेभीले लियको छ !सडकले त्रिदेशीय सम्बन्ध राख्ने बताइएको छ । बाग्दुलादेखि वाग्लुङ्गको सिमा साविकको अर्खा गाविससम्म कच्ची सडक निर्माण भइसकेको छ । सडकको सन् २०१६ मा विस्तृत अध्ययन गरिएको थियो । भालुबाङदेखि भीमगिठेसम्मको दूरी १ सय ३२ किलोमिटर छ । भालुबाङ–बाग्दुला ५९ किलोमिटर यसअघि नै कालोपत्रे भइसकेको छ भने बाग्दुला देखि भिमगिठे सम्मको दुरि ७४ कि मि रहेको छ ।यो सडक काठमाडौं जाने वैकल्पिक मार्ग समेत हुनेछ । म्याग्दी, बागलुङ क्षेत्रकालाई पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमको यात्रा गर्न सहज हुनेछ ।

    शनिबार, बैशाख ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation