अर्घाखाँची। विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि बैशाख ५ गते नेपाल बन्दको आव्हान गरेकोे छ।नेकपा (विप्लब) जिल्ला समिती अर्घाखाँचीका जिल्ला सेक्रेटरी खेम घर्ति मगर द्धारा हस्तारिक्षत प्रेस विज्ञप्तीमा आफनो आन्दोलनमा सहयोग गर्न सम्पूर्ण जिल्लाबासी शिक्षणसंस्था उद्योगधन्दा कलकारखाना यातायात बैक तथा वित्तिय संस्थालाई अपिल समेत गरिएको छ । सरकारले आफ्नो पार्टीलाई प्रतिबन्ध हटाउनुपर्ने र आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने माग गर्दै नेकपा(विप्लब) ले नेपाल बन्दको आव्हान गरेको हो।
Advertisement