दाङ– दाङ जिल्लामा माटोको ढिस्कोले पुरिएर एक १४ बर्षीया किशोरको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदीमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ वर्षीय किशोर निरज परियार बिहान घाइते भएका थिए । प्रहरीले ट्रेक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।परियार बालुवाको ढिस्को खसी पुरिन जाँदा गम्भीर घाइते भएका थिए ।तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका परियारका उपचारको क्रममा अहिले मृत्यु भएको इप्रका तुलसीपुरले जानकारी दिएको छ ।
Advertisement