Advertisement
काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धिसिद्धि सिमेन्ट बजारमा ल्याएको छ । लेजर सिल प्याकेजिङ’ तथा ‘रोबो ल्याव सिस्टम’सहित उत्पादित रिद्धिसिद्धि सिमेन्टओपीसी सिमेन्ट सार्वजनिक गरिएको हो ।
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल तथा अम्बे ग्रुपका अध्यक्ष शोभाकर हरी न्यौपानेले उक्त सिमेन्ट सार्वजनिक गरेका हुन । सिमेन्टमा युरोपेली प्रविधिको प्रयोग गर्दै अन्य सिमेन्टको तुलनामा उत्कृष्ट भएकाले रिद्धिसिद्धि सिमेन्ट अन्य सिमेन्ट भन्दा फरक भएको सिमेन्टका निर्देशक आनन्द नेपालले जानकारी दिए । उनका अनुसार रोबोटीक्स प्रविधिद्धारा सिमेन्टको ल्याबटेस्ट गरिनुका साथै सिमेन्टको बोरा लेजरद्धारा सिलप्याक गरिनेछ । कम्पनीले १० अर्बको लगानीमा दैनिक ३ सय टन सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।