सुनवल,पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं १४ प्रसवालमा कालोपत्रे सडकको निर्माण कार्य सम्पन्न भएको छ । आज एक कार्यक्रमको बिच रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उदघाटन गर्नुभएको हो । रामग्राम नगरपालिको ७० प्रतिशत र ३० प्रतिशत स्थानिय वडाबासीको श्रमदानबाट सडक कालोपत्रे निर्माण भएको रामग्राम नगरपालिका ईन्जिनीयर सतिश कुमार गुप्ताले जानकारी दिनुभयो । सडक कालोपत्रे गर्न नगरपालिकाले ५० लाख र २० लाख श्रमदान गरी कुल ६९ लाख ३२ हजारको लगातमा निर्माण भएको प्रसावल कालोपत्रो सडक निर्माण उपभोत्ता समितीको अध्यक्ष शिवप्रसाद भटराईले बताउनुभयो । उक्त कालो पत्रे सडक ८ सय ५५ मिटर र नाला ११५ मिटर र निमार्ण गरिएको भट्राईले जानकारी दिनुभयो । सो सडकको चौडाई ६ मिटर र २०५ मिटर लम्बाई रहेको छ । नगरपालिकाले दिएको सम्झौता अनुसार २ महिना अगाव नै उक्त कालोपत्रो सडक निर्माण कार्य सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले बजारक्षेत्रलाई मात्र बिकास गर्न खोजेको नभइ त्यससंग संगै गाउँलाई पनि बिकास गर्न तर्फ लागेको बताउनुभएको थियो । उहाले टोल र गाउँको जबसम्म बिकास हुदैन भने नगरपालिको बिकास नहुने बताउनुभयो । नगरपालिकाले यस क्षेत्रमा स्वास्थ्य शिक्षा खानेपानी खेल मैदानको आवश्यक पहल गर्ने गुप्ताले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
नगरपालिकाले १८ वटै वडाको गाउँको बिकास समृद्धि बनाउने योजना बनाईरहेको गुप्ताले दाबी गर्नुभयो । ।
पश्चिम नवलपरासीको प्रसवालमा सडक बन्यो कालोपत्रे
पश्चिम नवलपरासीको प्रसवालमा सडक बन्यो कालोपत्रे

Advertisement
तपाईको प्रतिक्रिया