कामना डेली,प्युठान। महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडले सोमबार प्युठानको बड्डडाडामा बार्षीक समिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । सस्थाले आर्थिक बर्ष २०७४⁄०७५मा गरिएका कार्यक्रमहरुको समिक्षा गरेको हो ।लघु बित्त क्षेत्रको बित्तिय कारोबारलाई व्यबस्थित र पारदर्शी बनाउनका साथै यस्ले प्रदान गर्ने सेवासुविधा र शाखाका हाल सम्मको अबस्थाको जानकारी दिन गोष्ठि आयोजना गरिएको शाखा प्रवन्धक राजीव योगीले बताए। उनले तेस्रो केन्द्र अन्तर्गतका प्रमुख तथा उपप्रमुखहरुको सहभागीतामा कार्यक्रम गरिएको जानकारी दिए। सरुमारानी,माण्डवी र ऐरावती गाउपालिकालाई कार्यक्षेत्र बनाएको महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडका हाल एक हजार दुई सय १४ सदस्य छन। त्यस मध्ये ६ सय जनाले ब्याबसायमुखी कर्जा सुविधा लिएको योगीले जानकारी दिए। उनका अनुसार उद्यम बिकास कार्यक्रम अन्तर्गत कृषि र पशुपालनका लागी ७९ जना सदस्यहरुले संस्थाबाट कर्जा सुविधा लिएका छन।
त्यस्तै बिपन्न एवं गरिव परिवारका दुई जना बालबालिकालाई संस्थाले निशुल्क अध्यापन गराईरहेको छ। उनिहरुलाई कक्षा १२ सम्म संस्थाले अद्यापनमा सघाउने समेत जानकारी दिइयो। समिक्षा गोष्ठीमा उत्कृष्ट्र केन्द्राध्यक्ष,उत्कृष्ट्र उध्यमी र उत्कृष्ट्र कर्मचारीहरुलाई सम्मान गरिएको थियो। सरुमारानी गाउपालिका वडा नम्बर ३ कि वडा सदस्य राधिका बिकको प्रमुख आतित्थ्यता र वडा नम्बर ४ कि वडा सदस्य कल्पना बिकको बिशिष्ट्र आतिथ्यता रहेको कार्यक्रममा संस्थाका जनशक्ती व्याबस्थापन तथा सेवा बिभाग प्रमुख पवन योगी,ग्राहक सेवा बिभाग प्रमुख यमला गौतमको आतित्थ्यता रहेको थियो । कार्यक्रमको संचालन ईलाका प्रवन्धक पुष्प गुरुङले गरेका थिए।
महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले गर्यो बार्षीक समिक्षा गोष्ठी
महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले गर्यो बार्षीक समिक्षा गोष्ठी
Advertisement
तपाईको प्रतिक्रिया