माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) नेपाल विद्युत प्रविधिकरण कृष्णनगर वितरण केन्द्रले गरिव विपन्न तथा सास्कृतिक सम्पदाहरुमा निशुल्क विद्युत मिटर वितरण गरेको छ । वितरण केन्द्रको क्षेत्र भित्र रहेका गरिव नागारिकहरुलाई लक्षीत गरि गत मंसिरमा आवदेन फर्म खोलेको र सोहि आवेदन अनुसार मिटर वितरण कार्यलाई अघि वढाएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अंगन्जाले वताए ।
वितरण केन्द्र क्षेत्र भित्र रहेका १ हजार १ सय ८७ जनालाई छनोट गरि पहिलो चरणमा २० जनालाई वितरण गरेको छ । शिवराज नगरपालिका कृष्णनगर नगरपालिका विजयनगर गाउँपालिका वुद्धभुमी नगरपालिका र महाराजगंज नगरपालिका भित्र बसोवास गर्ने गरिव नागरिकहरुलाई सहज ढङगवाट उक्त मिटर वितरण गरेको प्रमुख अंगान्जाले जनाए । ५० लाख वजेट वरावरको मिटरहरु वितरण गरिने उनले वताए ।
वुधवार एक कार्यक्रम आयोजना गरी वितरण कार्यको सुभारम्भ गरिएको हो । वितरण कार्यक्रममा विजयनरग गाउँपालिकाका अध्यक्ष गोपाल थापाले सरकारको उज्यालो अभियान अव गाउँ गाउँमा आएको वताए । राज्य गरिव नागरिकहरुलार्ए साहयता गर्ने उद्देश्येले निशुुल्क विद्युत वितरण अभियान ल्याएको उनले जनाए ।
नियाित विद्युत महशुल वुझाएर सभ्य नागरिकको परिचय दिन समेत थापाले आग्रह गरे । कृष्णनगर वितरण केन्द् अन्तरगत पछाडि परेका गाउँहरु समेत उज्यालो भएको भन्दै विद्युत चुवाहटमा नागरिक सचेत हुनुपर्ने जिकिर गरे ।
वितरण केन्द्रका प्रमुख अंगन्जाले देशैभर वितरण अभियान संचालन भएको जनाए । विद्युत चुहवाट कम गर्न यस अभियानले सहयोग पुर्याने समेत उनले वताए । एक व्यक्तिलाई करिव ५ हजार भन्दा वढी लाग्ने मिटर जडान गर्दा अहिले निशुल्क गरेको वताए । पहिलो चरणमा २० जनालाई वितरण गरेको भएपनि असार मसान्त भित्र सवै छनोटमा परेकालाई वितराण् गरिसक्ने उनले वताए ।
एक हजार वढीलाई निशुल्क विद्युत मिटर
एक हजार वढीलाई निशुल्क विद्युत मिटर

Advertisement
तपाईको प्रतिक्रिया