सिसहनिया उवासले भित्तेपात्रो प्रकाशन गर्दै

प्रिया स्मृती गजमेर,लमही दाङ। सिसहनिया उधोग बाणिज्य संघले उद्योगी ब्यापारीले ब्यापार गर्दा र सेवा ग्राहिले खरिद गर्दा ध्यानदिनु पर्ने नियम तथा सन्देश समाबेस गरि २०७६ को पावन अवसरमा सन्देश मुलक भित्तेपात्रो प्रकाशन गर्न लागिएको सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाका अध्यक्ष शान्तराज भण्डारीले बताए।

सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियाले आफ्नो मातहतमा रहेका उद्योगी ब्यापारीहरुलाई कानुन सम्मत ब्यापार ब्यवसाय बढाउदै ग्राहकको आवस्यकता तथा चाहना अनुरुपका गुणस्तरिय सामाग्री सुपथ मुल्यमा विक्रि वितरण गर्दै सिसहनिया उद्योग बाणिज्य संघले सिसहनियामा बजारलाई नमुना बजारको रुपमा विकास गर्ने उद्देश्यका साथ नयाँ बर्ष २०७६ को अवसरमा सन्देश मुलक भित्तेपात्रो प्रकाशन गरि सचेत र सुचित गर्न थालिएको संघका महासचिव ईश्वरी अधिकारीले जानकारी दिएका छन ।

प्रकाशन गर्न थालिएको भित्तेपात्रोमा ब्यवसायीको सन्देश, परिचय, कार्यसमितिको विवरण, उद्योगी ब्यापारीहरुलाई आवस्यक नियमहरु, ग्राहकलाई सचेत पार्ने सन्देश, तिथी मिति, सार्बजनिक विदा लगाएतका सन्देश समावेश गरिएको छ ।

सिसहनिया उद्योग बाणिज्य संघ सिसहनियामा ५ सय ७५ ब्यवसायीहरु आवद्ध रहेको जसमा उद्योग तर्फ २ सय आठ र बाणिज्य तर्फ ३ सय ६७ ब्यवसायी आवद्ध रहि ब्यापार गरिरहेको कार्यालय सचिव युवराज सुवेदिले जानकारी दिए ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...