राम बहादुर बिश्वकर्मा,प्युठान । जिल्लाको विकासमा पत्रकारिताको क्षेत्रबाट पुर्यायाएको योगदानको मुल्याङकन गर्दै रेडियो कृपालुमा कार्यरत शृजना सेन लाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
फुलबारी एकीकृत ग्रामिण विकास सस्थाकाे २५ औ स्थापना दिवस तथा रजत जयन्ती समारोहकाे अवसरमा विकास पत्रकारिताकाे क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गरेको भन्दै सेनालाई सम्मानसँगै नगद सहित प्रमाणपत्र प्रदान गरिएको हो।
प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशी पाँच हजार रुपैयाँ छ । पत्रकार महासंघ प्यूठानको समन्वयमा सेन छनोट भएकि हुन । सेनलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । उनी करिब ६ बर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छिन। सेन प्युठान जिल्लामा रहेर रेडियो कृपालुमा निरन्तर पत्रकारिता गर्दै आएकि छिन ।
दुर्गम क्षेत्र गौमुखी गाउँपालिका देखि खलंगा आई पत्रकारिता क्षेत्रमा ६ बर्ष बिताए अहिले म खुशी छु उनले भनिन – म माथी थप जिम्मेवारी पनि आएको छ ।”
फुलबारी एकीकृत ग्रामिण विकास सस्थाकाे २५ औ स्थापना दिवस तथा रजत जयन्ती समारोहकाे अवसरमा
चारवर्ष अघि घोषणा गरेको विकास पत्रकारीता पुरस्कार यसभन्दा पहिले पत्रकार गिरुप्रसाद भण्डारी , सुशील पोख्रेल , टिकाराम पोख्रेल , एल बि थापा,केशर रोका बिजयसिह भारती , सुजल श्रेष्ठ, प्रज्वल पहाडी , कमल बि .क ,राम बहादुर बिश्वकर्मा , राधिका भुसाल लगायतले पुरस्कार प्राप्त गरिसकेका छन् ।
