सागर थापा,दाङ। दाङमा नारी दिवसकै दिन जबरजस्ती करणीको आरोपमा शुक्रबार दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको अनुसार घोराही १० चारबगिया निबासी १० बर्षीया एक बालिकालाई सोही ठाउँका एक बालकलाई पक्राउ गरेको जनाएको छ । बालकले फागुन १ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पिडितका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल पान्डेले जानकारी दिनुभएको छ । पिडितका बुवाले फागुन २३ गते दिएको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिका ४ की एक १४ बर्षीया बालिकालाई करणी गरेको आरोपमा रोल्पा रुण्टीगढी गाउँपालिकाका यूवराज रानालाई पक्राउ गरेको छ । रानाले बालिकालाई फागुन २१ गते बालिकालाई करणी गरेको आरोपसहित पिडितका बुवाको जाहेरीको आधारमा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । दुबै जनालाई जबरजस्ती करणी अभियोगमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नारी दिवसकै दिन दाङमा २ बालिका बलात्कृत
नारी दिवसकै दिन दाङमा २ बालिका बलात्कृत
Advertisement
तपाईको प्रतिक्रिया