• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

विप्लवको राप्ती बन्दले जनजीवन प्रभावित, सल्यानमा तोडफोड


  •   बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
  • बासुदेव गिरी, प्युठान । संविधान र कानुन नमान्न भन्दै एकीकृत जनक्रान्तिको बाटोमा अघि बढेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको राप्ती बन्दले प्युठान सहित ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । प्रहरी प्रशासनले विना कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लवको राप्ती ब्यूरोले दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा बन्दको आह्वान गरेको हो । बन्दले ५ वटै जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण यी जिल्लाका लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । जिल्ला समाचारदाताहरुका अनुसार, त्यहाँका बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् । बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन् । सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् ।प्रहरीले जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरेर स्कटिङको व्यवस्था मिलाएको बताएको छ। कुनै पनि अप्रीय घट्ना तोडफोड र आगजनी नहुन भनेर प्रहरी व्यापक परिचालन गरिएको प्रहरी श्रोतको दावी छ।

    Advertisement

    प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवासद्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला बन्द हुने व्यहोरा उल्लेख गरिएको छ । यी सबै नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग उनीहरुको छ । एकीकृत जनक्रान्तिको मार्गमा अघि बढेको पार्टी सरकार र संविधानलाई अस्वीकार गर्ने भन्दै अर्धभूमिगत गतिविधि गर्दै आएको सरकारको दावी छ । सरकारले सो समुहलाई चुनौतिको रुपमा लिँदै आएको छ ।

    तोडफोड
    बन्दको अबज्ञा गरि सवारी चलाएको भन्दै सल्यानमा ट्रक र बोलेरो जीप तोडफोड गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले आजको बन्दको क्रममा सवारी चलाएको भन्दै जिल्लाको सल्यखोलामा दुवै गाडी तोडफोडजिल्लाको हो । श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३६८ ट्रक र लु २ ख २७२५नम्बरको बोलेरो जीपमा तोडफोड गरेको प्रहरीले जनाएको छ । जिप र ट्रकका सिसाहरु फुटेकाे जिल्ला प्रहरी कार्यलय सल्यानका निमित्त प्रहरी प्रमुख गिरिराज भण्डारीले जानकारी दिएका छन । तोडफोड गर्नेहरुको खोजिकार्य भैरहेको उनले बताए ।यता राप्ती राजमार्ग लगायत जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरेर स्कटिङको व्यवस्था गरिएको निमित्त प्रहरी प्रमुख भण्डारीले जानकारी दिए । अहिले गाडी तोडफोड भएको ठाउँमा इनिस्पेक्टर सहितको टोली खटिएको उनलेे बताए ।

    बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...