• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

लोकप्रिय समाचार

  • १. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • २. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ७. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ८. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ९. बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

  • १०. संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

चट्ट गाली क्या मालुम युट्युबको कमेन्टमा


  •   बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
  • कामना डेस्क । पछिल्लो समय नेपालि फिल्मी नगरिमा पनि पुरानो सुपरहिट चलचित्रको गीतलाई नयाँ चलचित्रमा राख्ने क्रम बढेको छ । पुरानो गीतलाई रिमेक गर्दा कतिपय गीतलाई दर्शक स्रोताले मन पराएका छ्न् भने कतिपयलाई गालीको बर्षा पनि हुने गरेको छ ।
    यसको पछिल्लो उदाहरण हो नेपाली चलचित्र यात्रामा समावेश गीत “चट्ट रुमाल क्या मालुम “। धर्मेन्द्र सेवान र मेलिना राइको स्वर र राजन इशानको रिएरेञ्ज रहेको उक्त गीतलाई दर्शक तथा श्रोताहरुले यतिबेला गालिको बर्षा गरेका छन् ।
    बलिउडको सिको नेपाली चलचित्रमा हुनु नयां कुरा पक्कै होईन । पछिल्लो समय बलिउडमा पुराना हिट गीतहरुलाई रिमेक गरेर नयाँ चलचित्रमा राखिए जस्तै नेपाली चलचित्रमा पनि त्यसको सिको गर्दै पुरानोलाई रिमेक गर्ने चलन बढेको छ ।
    यस्तोमा यात्रा फिल्ममा समाबेश भएको गीत चट्ट रुमाल हिजोमात्र रिलिज गरिएको छ ।
    दशक अगाडिको सुपरहिट फिल्म ‘आफ्नो मान्छे’ मा समावेश हिट गीत ‘चट्ट रुमाल’ लाई रि-एरेञ्ज गरेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ मा समावेश गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले गीतको रिमेक भर्सन सार्वजनिक गर्यो । भने, गीतका वास्तविक सर्जकहरुलाई सम्मान पनि गरेको छ ।
    बाबुराम दाहालको शब्द रचनामा तयार पुरानो भर्सनमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । भने, शम्भुजित र साधना सरगमले स्वर दिएका थिए ।

    Advertisement

    गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई फिचर्ड गरिएको छ । गीत र गीतको कोरियोग्राफी अत्यन्त कमजोर छ । ‘चट्ट रुमाल’ गीतको पुरानो भर्सनमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहको दमदार नृत्य देख्न सकिन्छ ।

    भिडियो हेरेपछी अधिकांशले पुरानो गीतको निर्मम हत्या भएको भन्दै आलोचना गरेका छन् ।
    युट्युब प्रयोगकर्ता सुरज लामिछानेले अहिलेसम्मकै सबैभन्दा हावा रिमेक भन्दै लेख्छन् “न स्वर मीठो छ न त कुनै लय छ न गतिलो प्रस्तुति” । रियाना दुलालले भने गीत हेरेपछि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको याद आएको उल्लेख गरेकीछिन् । मनोज रेग्मीले गायिका मेलिना राईको स्वर मिठो भए पनि गायक धर्वेन्द्र सेवानको स्वर नभएको प्रतिक्रिया दिएका छन् ।

    कमेन्टमा लोकेद्र साउद लेख्छ्न् “कठै एउटा राम्रो गितको निर्मम हत्या गरियो ।” रिमाल नारायणले भने गायकले गीत नसुनी गाएको भन्न समेत भ्याए “त्यति राम्रो गीतलाई लाई रेपनै गरेछन् नी रिमिक्स को नाममा ????! गायक केटोले एक पटक पनि पुरानो गीत सुनेको रैनछ जस्तो छ ।”
    सन्तोष खत्रीको पनि उस्तै भनाई छ ”
    एउटा राम्रो अर्जिनल गित को नराम्रो सङ बलत्कार गरे ।। न त धर्मेन्द्र को आवाज मिलेको छ न त मेलिना को आवाज ।। खोइ त पाल्पाली ढाका टोपी ।।अनि के डान्स हो के क्लिप क्लिप जोडेर बनाको जस्तो ।। कुनै स्टेप नै मिलेको छैन ।।”

    दिपेन्द्र केसि लेख्छन्
    “पट्टकै सृहाएन छ्याछ्या सोर । हेरन कस्तो छ
    पृरानो गित को निर्मम हत्या गर्नि खाते हो /नया गित लेख्न रचना गर्न नसक्ने भय गित नगाउ एस्तो बिगार्न पाईन्छ यो गित चाडो हटा Youtube बाट गित लाई न्याय दिन नसक्ने ले किन गाउनु छिछि”

    तर निर्माताका मध्येका एक केशव भट्टराईले फिल्ममा सुहाउने भएकै कारण ‘चट्ट रुमाल’ गीतलाई राखिएको बताए । उनी फिल्म ‘आफ्नो मान्छे’ मा पनि निर्माता थिए । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् ।
    सम्राट शाक्य यसका निर्देशक हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।

    भिडियो हेर्नुहोस्

    बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    लोकप्रिय

    • १.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • २.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    भर्खरै

    • १.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • २.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ३.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ४.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    • ५.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    • ६.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    • ७.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    • ८.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...