ज्योती अदै खाम्चा , देवदह । भगवान गौतमबुद्धको मावलीस्थल रुपन्देहीको देवदहमा जारी पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवमा आज चौथो दिनपनी दर्शकको ओईरो लागेको छ।शुक्रबार बाट शुरु भएको महोत्सवमा प्रतीकुल मौसमका बाबजुत पनी दर्शकको सहभागिता बढ्दो देखिएको छ । मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला मुल आयोजक गोपाल ढकालले आईतबार सम्म ७० हजारबढी दर्शकले मेलाको अवलोकन गरेको र १ करोडबढीको कारोवार भएको जानकारी दिए ।
मौसम प्रतिकुलता बाबजुत पनी दर्शकले साथ दिएको अध्यक्ष ढकालले बताए । महोत्सवले स्थानीय कृषक,उद्योगी तथा पर्यटन व्यवसायीहरुलाई समेत प्रत्यक्ष रुपमा टेवा पु¥याउने आशा लिएको अध्यक्ष ढकालले बताए । ‘उद्योग ब्यापार कृषि र पर्यटन विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लागेको मेलामा विशेष कृर्षी लाई प्रथामिकता दिएको स्टल दर्ता संयोजक अजय भण्डारीले बताए । स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंक लगायतका ४५ जिल्लाका २ सय ९ स्टलहरु रहेको भण्डारीले बताए ।
महोत्सको मुख्य आर्कषण ४५ के.जीको ठुलो आकारको खुकुरी भगवान गौतम बुद्धको मूर्ती, सेल्फी डेमो रहेको भण्डारीले बताए । सोमबार लोकदोहोरी गायिका रितु थापा, गायक नविन पौडेल, हास्यकलाकार उज्वल गिरी लगायतका कलाकारले आफ्नो प्रस्तुति देखाएर दर्शकलाई मनोरञ्जन दिए । फागुन २१ गते(मङ्गगलबार)लोक दोहोरी गायक बैकुण्ठ महत, लोक दोहोरी गायिका भिम’ गरुङ्ग, थारुभाषि गायक श्रीनिवास चौधरी,आधुनिक पप गायक कृष्ण क्षेत्री ,हास्य कलाकार निशान्त कटवाल साथमा डान्स आइडल र अन्तर आमा समह कला प्रतियोगिता लगायतका प्रस्तती रहने सास्कृती संयोजक तेजु अर्यालले जानकारी दिए । महोत्सव यही फागुन २८ गते सम्म सञ्चालन हुने छ ।