• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

प्युठान महोत्सवमा ‘राजेश हमाल हाई हाई’को स्वर गुंजिएपछी ….


  •   मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनलाई महानायक शब्दले सम्मान गरिन्छ । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । सवैले राजेश हमाललाई माया गरेर बोलाउने उपमा हो’राजेश दाइ’ । करिब ३० वर्ष अघि देखि नेपाली चलचित्र क्षेत्रमा क्रीयाशील छन हमाल ।  प्युठानमा मंगलबार राजेश हमाल पुग्दा स्थानीयको भिड लाग्यो। स्वागतमा सबै आतुर देखिए। सिनेमाका सयौं काल्पनिक पात्रमार्फत विभिन्न वर्ग र श्रेणीका जनताको दुःख देखेका र त्यो जीवन बाँचेका उनी सधै फिल्ममा देखिन्थे, राजेश हमाललाई प्रत्यक्ष देख्न र भेटन् प्युठानीले पनि पाए । जुम्री बसपार्क व्यवस्थापन समितिद्धारा आयोजित प्युठान महोत्सवको १२ औँ दिनका मुख्य आकर्षण हमाल थिए । जब उनी स्टेज चढे, उनलाई हेर्न दर्शकहरु झुम्मीए ।छरिएका दर्शक पनि नजिकिन थाले।अनि पो रौनक लियो मेलाले पनि। उनी भन्दा पहिले हास्यकलाकार बेगम नेपाली (भटभटे माईला), गायीका रेशमा पुनले प्रस्तुती राखेका थिए । जव राजेशको पालो आयो । उनले कलाकार बैकुण्ठ महत संगै अन्र्तवार्ताको शैलीमा आफ्नो प्रस्तुती राखे।

    Advertisement

    ????????????????????????????????????

    राजेशले आफ्नो प्रस्तुतीमा नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने बताए । जनताको चाहाँना अनुसार आफुले चलचित्र बनाएको उनको भनाई छ । उनले भने,–‘मैले खेलेका चलचित्र अन्याय र अत्याचार विरुद्ध छन् । ’ आफुले अहिले सम्म करिब तीन सय वढी चलचित्रमा अभिनय गरेको उनले बताए । उनले दर्शक समक्ष आफुले चलचित्रमा बोलेको डाईलग समेत सुनाएका थिए ।आफ्ना केही फिल्मी डाइलगहरु पनि सुनाए । उनले “चलचित्र हेर्नु हुन्छ कि हुन्न” भन्दै आफु अभिनित चलचित्रका डाइलगहरु वजनदार आवाजमा सुनाउँदा स्थानियहरुले ताली बजाउँदै हमाललाई साथमा साथ दिएका थिए । हमाल जब “साथीहरुका लागि यो हात सलाम, दुश्मनहरुका लागि यो हात फलाम” भन्दै  गज्रदा स्थानियहरुले “हो हो” भन्दै तालीले साथ दिए । उमेरले ५० वर्ष पार गर्नुभएका हमालले आफ्नो जोश अझै ताजा भएको सुनाए । उनले भने,–‘चलचित्र क्षेत्रमा अझै २१ वर्षको जोश मैले देखाउँछु । ’
    घरपरिवारको समर्थन विना चलचित्र क्षेत्रमा लागेको  र परिवारको चुनौतीलाई तोडेको हमाल बताउछन । घरपरिवारबाट चलचित्र क्षेत्रमा नजाँ यसमा भविश्य छैन् भन्नुहुन्थ्यो तर आफु पहिलो चलचित्रबाटै सफलता पाएपछि चलचित्र क्षेत्रमा सकृय भएर लागेको बताए । उमेरले केहि गर्दैन, उमेरमा रमाउनुपर्छ,खुसी हुनुपर्छ उनी भन्छन । दर्शकबाट उर्जा पाएपछि उनले फिल्मी क्षेत्रमा चर्चा बटुलेको सुनाए। आफु अझै चलचित्र क्षेत्रमा सुधार गर्दै अगाडी वढने उनले बताए । राजेश तिर्खा लाग्यो निर्माया, सालको पातको टपरी हुनी हे बरै नहुने सल्लैको यी दुई गीतमा नृत्य गर्न समेत भ्याए । जन्म घर पाल्पा भएपनि लामो समयसम्म राजधानी काठमान्डौमा जीवन बिताएका उनले फिल्मी क्षेत्रमा अझै सकृय भएर लागेको दावी गरे । उनि मेला महोत्सव संगै एपी वन टेलीभिजनमा हरेक हप्ताको शनिवार, आईतबार र सोमबार टिभी कार्यक्रम समेत सञ्चालन गरेको समेत जनाए ।राजेश हमालको उपस्थितीले पनि होला, करिब १० हजार भन्दा वढी दर्शकले मेला हेरे। राजेश संग नाच्न र फोटा खिच्नै व्यस्त भए दर्शकहरु । फागुन ३ गतेदेखि सञ्चालन भएको प्युठान महोत्सव फागुन १५ गते समापन गरिने आयोजक समितीका संयोजक सुमन श्रेष्ठले बताए । फागुन १५ गते गायिका राधिका हमाल, सिलु भट्टराई र गायक विधान पण्डीत लगाएतका कलाकारको उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।

    मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...