माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
कपिलवस्तुको शिवराज नगरपालिका ३ सोनवर्षी गाउँमा सिचाई योजना परेको छ । कृषि आन्तरिकरण प्रवन्ध केन्द्र अन्तरगत संचालित कपिलवस्तुका विभिन्न ठाउमा गरि १२ वटा योजना हरु संचानलमा रहेका छन । स्थानियहरुको सहभागीतामा डिप ट्युवेल जल प्रवन्ध समिति गठन गरि अहिले उक्त योजनाको पहिलो चरणको काम भइरहेको छ । पहिलो चरणमा १०८ मिटर गहिराईको पानी निकालिएको र अव अन्य कामहरु सुरु गरिने केन्द्रका प्रमुख रत्नकुमार पुर्खेले वताए । कपिलवस्तुमा अहिले १२ वटा डिप ट्युवेल निमार्णका काम भइरहेको छ अव ५ वटा योजना थप्ने गृहकार्य हुदैछ पुर्खेले भने ।करिव ७० लाखको रहेको उक्त योजनामा अव पप्प हाउस निमार्ण, विद्युत जडान,उपभोक्त सिचाई मिटर भुमीगत नाला निमार्णको काम हुने उनले वताए । उक्त योजनाको अनुगमन गर्दै प्रदेश सभा सदस्य अर्जुन केसीले ६० विघा सिचाई हुने उक्त योजनाले कृषकलाई राहत हुने विश्वास व्यक्त गरे । खेतीयोग्य जमिन बाजो राख्नु नपर्ने भन्दै किसानहरुले अव तरकारी खेती गरेर भएपनि मनग्य आम्दानी गर्न सक्ने वताए । “हाम्रो जिल्लामा मुख्य समस्या सिचाईको हो अव यो क्षेत्रमा सिचाई समस्या हट्यो ”केसीले भने –“यो एक वर्ष भित्र यो योजना पुरा हुन्छ” । प्रदेश सांसद केसीले किसानको हक हितको लागी आफु तत्पर रहेको वताए । नेपाल कृषि प्रधान देश भएपनि आत्मनिर्भर बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडाका सवै ठाउमा सिचाईको व्यवस्था गराउने पहल गरिरहेको वताए । अहिले यो एउटा योजनाले ६० विघा भन्दा वढी सिचाई हुने भएकोले छिमेकी गाउँमा पनि सिचाई गर्न पुग्ने वताए । वडाले कृषिलाई प्राथमिकता दिएको भन्दै किसानहरुको समस्यालाई क्रमश समाधान गर्ने प्रतिवद्धता जनाए ।
उक्त डिप ट्युवेल समिति अध्यक्ष वलराम मरासिनीले उक्त योजना सम्पन्न गर्न निरन्तर निमार्ण कार्य जारी राख्नुपर्ने वताए । प्रथम चरणको काम सकिएपनि अन्य कामहरु वाकि रहेकोले प्रदेश सांसद केसीलाई सहयोगको लागी आग्रह गरे । समितिका सचिव तुलसीराम भुषालले सिचाई योजनाले गाउँवासीमा खुसी छाएको जनाए ।उक्त योजना कृषि मन्त्रालयमा मार्फत परेको हो । उक्त योजना २ वर्ष भित्र सम्पन्न हुने छ ।
सोनवर्षी गाउँमा ६० विघा सिचाईको योजना
सोनवर्षी गाउँमा ६० विघा सिचाईको योजना

Advertisement
तपाईको प्रतिक्रिया