माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ३ सुरही खोला नजिकै वुधवार विहान करिव १ वजे भारत वाट अवैध रुपमा ल्याउदै गर्दा पाच हजार कुखुराका चल्ला नष्ट गरिएको छ । १० जना नागरिकहरुले कार्टुनमा राखेर ल्याउदै गर्दा शसस्त्र प्रहरीलाई देखेपछी उनिहरुले छोडेर भागेका थिए ।
सशस्त्र प्रहरी बलका निरिक्षक जोगेन्द्र के.सी.को कमाण्ड मा खटिएको टोली ले मध्यरात्रि उक्त कुखुरा फेला परेको हो । बरामद गरिएका ५ हजार गोटा चल्ला सशस्त्र प्रहरी को क्यामप को प्रांगण मा पशु क्वारेनटाइन प्रतिनिधि, पत्रकार लगायत अन्य को उपस्थित मा नष्ट गरिएको छ। उक्त नष्ट गरिएको चल्ला को अनुमानित मूल्य चार लाख पर्ने जनाइएको छ । पछिल्लो समयमा कृष्णनगर नाका वाट अवैध सामाग्रीहरु भित्रिएको भन्ने गुनासो आएकोले विशेष अभियान संचालन गरेको निरिक्षक केसीले वताए ।
Advertisement