भरतपुर । चितवनका आशिक ताम्रकार नेपालको प्रतिनिधित्व गदै मिष्टर कन्टिनेण्टल इन्टरनेशनल २०१८ मा सहभागिता जनाउने भएका छन । नोभेम्वर ११ तारिख वाट १६ तारिखसम्म फिलिपिन्सको मनिलामा हुने प्रतियोगितामा उनले सहभागिता जनाउने नेपालका लागी आधिकारिक संस्था मञ्जरी इन्टरनेशनलका अध्यक्ष बिशाल एच आलेले बताए । शुक्रवार एक कार्यक्रमको आयोजना गरी आशिकलाइ मिष्टर कन्टिनेण्टल नेपाल २०१८ को उपाधि प्रदान गरिएको हो । उनलाइ आलेले टोपि लगाइ उपाधि घोषणा गरेका थिए । सन २०१३ देखि चितवन लगायत अन्य जिल्लामा व्यक्तित्व विकास , क्षमता अभिवृद्धि कार्यक्रम लगायत सौन्र्दय प्रतियोगिता आयोजना गरिरहेको मञ्जरी इन्टरनेशनलले अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुनका लागी पठाउदै आइरहेको छ । यसअघि ताम्रकार मिष्टर चितवन २०१७ फष्ट रनर अप, मिष्टर नेपाल २०१७ फष्टर रनर अप भएका थिए । पहिलो पटक आयोजना भएको प्रतियोगितामा अन्य २६ देशको तर्फ वाट प्रतिनिधित्व रहेको छ । नेपालको तर्फ वाट प्रतिनिधित्व गरिरहेका ताम्रकारले आफ्नो देशको नाम उच्च राख्ने प्रतिवद्धता गरेका छन ।
चितवनका ताम्रकार मिष्टर कन्टिनेण्टल इन्टरनेशनलमा सहभागि हुदै
चितवनका ताम्रकार मिष्टर कन्टिनेण्टल इन्टरनेशनलमा सहभागि हुदै
Advertisement
तपाईको प्रतिक्रिया