भक्तपुर– शुक्रबारदेखि सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा ‘ एकीकृत घुम्ती सेवा’ सुरु भएको छ। गाउँकै एक सेवाग्राहीलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परिक्षण गराउँदै शिविरको उद्घाटन सांसद महेश बस्नेतले गरेका थिए।
पूर्व उधोगमन्त्री तथा भक्तपुर प्रतिनिधि सभा सदस्य महेश बस्नेतको सहयोग र नेपाली सेनाको वीरदल गणको व्यवस्थापनमा सेवा सुरु भएको हो।शिविर उद्घाटन गर्दै सरकारको लक्ष्य अनुरुप जनतालाई घरदैैैलोमै सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुति दिलाउनु अभियानको मुख्य उदेश्य रहेको सांसद बस्नेतले बताए। राज्यका तिनै तहका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अभियानको प्रशासनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले नै गर्ने उनले बताए। उक्त सेवा महिनाको पहिलो शुक्रबार फरक फरक वडामा सञ्चालन हुने बस्नेतले जानकारी दिए। शिवीरमा सरकारी सेवा लिनेको भीड लागेको छ। गाउघरमै सवै सेवा लिन पाउँदा उनिहरु दङ्ग छन ।
सूर्यविनायकमा सुरु भयो एकीकृत घुम्ती सेवा
सूर्यविनायकमा सुरु भयो एकीकृत घुम्ती सेवा
Advertisement
तपाईको प्रतिक्रिया