माधव बेल्वासे,कपिलवस्तु। २०६४ देखि यता भारतका विभिन्न स्थानमा लगायत अन्य देशमा वेचविखनमा परेकाहरुलाई उद्धार गरेको पिआसीले जनाएको छ । कपिलवस्तुको कृष्णनगर सिमानाकामा निगरानी गर्दै आइरहेको पिआसीले ९ बर्षको अन्तरालमा गरेका कामको परिणाम सार्वजनिक गरेको हो ।
९ वर्षको अवधिमा ९ सय ५९ जना उद्धार गरेको वताएको छ । ९ बर्षमा २२ हजार ६६ जनालाई परामर्श दिएको जनाएको छ । विभिन्न प्रलोभनमा परि भारत तर्फ जान लागेकाहरुलाई परामर्श दिदै आएको पिआसी कपिलवस्तुका संयोजक भूमिराज भट्टराइले बताए । उद्धार पछि ६ सय ७२ जनालाई परिवारको जिम्मा लगाएको भट्टराइले जनाए । जस मध्ये प्रहरी मार्फत २७६ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । भारतबाट मात्रै ५८ जनालाई उद्धार गरिएको छ । मानव वेचविखनको ४७ वटा मुद्धा विभिन्न जिल्लामा दर्ता भएका छन । उक्त मुद्धा वाट ४४ वटा फछ्यौट भएको र ३ वटा बाँकी रहेको भट्टराइले बताए ।
शान्ति पुर्नस्थापना गृह कपिलवस्तुले यस आवको ६ महिनामा वेचविखनमा परेका ९६ जनालाई उद्धार गरेको छ । साउन देखि पुष मसान्त सम्म भारत बाट ७ जनाको उद्धार गरिएको पिआसीले जनाएको छ । जस मध्ये ५३ जनालाई संस्थाले परिवारको जिम्मा लगाइएको र ४१ जनालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । २ जनलाई अन्य संस्थामा पठाईएको पिआसीका कपिलवस्तु संयोजक भट्टराइले बताए । आर्थिक बर्ष ०७५÷०७६ को पुष मसान्त सम्म १ हजार ५ सय ५९ जनालाई परामर्श गरेको छ ।
बढ्दो बेरोजगारी , अशिक्षा र सामाजिक संजालको बढ्दो प्रयोगले युवतीहरु बेचविखनको उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य बोगटीले जनाए । खास गरी सामाजिक संजालको चिनाजान र विभिन्न प्रलोभनमा परि किशोर अवस्था किशोरी भारत तर्फ जाने गरेको बोगटीले बताए । परिवारले छोराछोरी माथी निगरानी बढाउने अपरिचित व्यक्ति संग घुलमिल हुन नदिने हो भने केहि भए पनि बेचविखन रोकथाम हुन सक्ने उनले बताए ।
पछिल्लो समय कृष्णनगर नाका हुदै भारतको बाटो गरी तेस्रो मुलुक जाने महिलाहरुको संख्या बढि रहेको संयोजक भट्टराइले बताए । १३ वर्ष देखी २५ वर्ष सम्मका युवतीहरु विभिन्न प्रलोभनमा परेको उनले वताए ।
खर्च कम लाग्ने बहानामा भारतीय मार्ग प्रयोग गर्दै तेस्रो मुलुक जाने महिलाहरुलाई परामर्श पश्चात परिवारको जिम्मा लगाइएको उनले जनाए । रातीको समयमा पनि निगरानी सुरु गरे पछि माघ महिना मात्रै २४ जनालाई फिर्ता पठाइ सकिएको भट्टराइले बताए ।
नेपालमा मानव बेचविखनको संख्यामा कमी आएको बताइएपनि त्यसको स्वरुप फेरिएको छ । यसअघि भारतमा मात्रै नेपाली चेलीबेटीको बेचविखन भइरहेकोमा अहिले तेस्रो मुलुकमा समेत रोजगारीका नाममा बेचवेखिन हुने गरेको पाइएको छ । दलालहरुले भारतबाट तेस्रो मुलुकमा बेचविखन गर्ने नयाँ बाटो बनाउन थालेको सरोकार वालाले जनाएका छन्
पि आर सी को ९ वर्षे प्रतिवेदन सार्वजनिक ः ९ सय ५९ जनाको उद्धार
पि आर सी को ९ वर्षे प्रतिवेदन सार्वजनिक ः ९ सय ५९ जनाको उद्धार
Advertisement
तपाईको प्रतिक्रिया