• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ८. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

‘समृद्धिको अभियानलाई साकार पार्छौ’-नेता रायमाझी


  •   बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
  • माधब खनाल,अर्घाखाँची।   नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले नेकपा नेतृत्वको सरकारले समृद्धिको अभियानलाई साकार पारेरै छाड्ने बताएका छ्न । नेकपाकै नेतृत्वमा सम्बृद्धिको सपना साकार हुने नेता रायमाझिको भनाई छ। वर्तमान केपि शर्मा ओलि नेतृत्वको नेकपा सरकारले थुप्रै राम्रा काम गरेपनि कम्युनिष्ट बिरोधीहरुले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र गर्न लागेको बताए । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अर्घाखाँचीका गाउँ तथा नगरपालिकाका अध्यक्ष र सचिवहरुलाई मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सपथ ग्रहण गराउँदै नेता रायमाझीले नवगठित कमिटीहरुलाई उच्च मनोबलका साथ पार्टी काममा लाग्न निर्देशन दिए । उनले लामो इतिहास बोकेका विशाल पार्टीहरु एमाले र माओवादी मिलेर बनेको नेकपाले जनबिश्वासको आधारमा वर्षौं सम्म सत्ताको नेतृत्व गर्ने ठोकुवा समेत गरे। नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा ५ नं. प्रदेश सचिव जगप्रसाद शर्माले पार्टी एकिकरण भएको लामो समय सम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन नसक्दा सरकारले गरेका कामको प्रचार हुन नसकेको उल्लेख गरे । उनले सरकारका कामका प्रचार र संगठन सुदृढिकरणमा विशेष ध्यान पु¥याउन नवनिर्मित कमिटीका अध्यक्ष, सचिवलाई आग्रह समेत गरे ।
    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य नजिर मियाँ, बोमबहादुर वि.क., ५ नं. प्रदेश कार्यालयका सचिव बलराम अधिकारी, प्रदेश सदस्य रामजी प्रसाद घिमिरे,ठाकुर कुमार वि.क., जिल्ला कार्यदलका सदस्य जनार्दन खनालले मन्तव्य राख्दै कार्यकर्ताको भावनालाई बुझेर नवगठित कमिटीले कार्य सम्पादन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम प्रदेश सांसद तथा जिल्ला कार्यका सदस्य चेतनारायण आचार्यको अध्यक्षता, छमकुमारी खनाल ( चिनारी ) को स्वागत मन्तव्य र तोजबहादुर रायमाझी ( विधान)को सञ्चालनमा सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ६ ओटै स्थानीय तहका अध्यक्ष र सचिवहरुले सपथ लिएका छन् । नेकपाको सन्धिखर्क नगरपालिकाको अध्यक्षमा श्रीकृष्ण भुसाल सचिवमा शिव अधिकारी, भुमिकास्थानको अध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा मणि पौडेल, सितगंगाको अध्यक्षमा वसन्त श्रेष्ठ सचिवमा मणिराम अधिकारी चयन भए । यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा शालिकराम आचार्य सचिवमा शिवलाल कुँवर पाणिनिको अध्यक्षमा कमल घिमिरे सचिवमा जिवलाल घिमिरे र छत्रदेवको अध्यक्षमा रामलाल पराजुली सचिवमा भोजबहादुर रायमाझी चयन हुनु भएको छ ।

    Advertisement

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • २.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ३.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ४.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ५.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ६.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ७.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ८.
      सडकको बीचमै बिजुलीको पोल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...