कामना डेली,काठमाडौं। चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ र गायक शम्भु सिलवालको स्वरमा ‘सालैजो गीत सार्वजनिक भएको छ। ‘आईरहने झझल्को’ सालैजो गीतको सिर्जना चर्चीत गीतकार गणेश चौलागाइले गरेका हुन्। समसामयीक सालैजो भाकामा आफ्ना दौतँरीको धेरै लामो संझना अनि मायाको कहानी समेटिएको छ ।’यो मेरो पहिलो सालैजो गीत हो’ गितकार चौलागाई भन्छन,’दर्शक र स्रोताको माया यस्ले पनि भरपुर पाउने आश गरेको छु।चौलागाईका ‘ए सानु पत्याउ अबत’, ‘पागलै बनौला मेरी मायालु’ लगायतका गित अझै पनि चर्चामा छन। गजल र आधुनिक सहित ६९ ओटा गीतमा आफ्नो शब्द सिर्जना रहेको बताउदै चौलागाईले भने ‘ ८ वटा गित तयार भैसकेको छ,बजारमा आउदै छ।’ उनले लोकदोहोरी गायक बिमल डांगीको स्वर र आफ्नै शब्दमा मायाको झण्डा दिलमा फरर छिट्टै बजारमा ल्याउन लागेको सुनाए।
‘आईरहने झझल्को’ सालैजो गितको युरोप मै रहेका संगीतकार दुर्गा थापाको लय तथा संगीत संयोजन रहेको छ। उक्त सालैजो बिहीबारबाट परदेशी गायक सुर्य खड्काको YOUTUBE CHANNEL बाट दर्शक सामु आएको हो।गीतको म्युजिक भिडियोमा चर्चित नायिका सबिना कार्की र चर्चित मोडल निर्मल क्षेत्रीको अभिनय छ ।सो गितमा मधुर बस्नेतको छायांकन र बिनोद बमको निर्देशन रहेको छ।
गीतको म्युजिक भिडियोमा ७ बर्षकी सानी नानीको दमदार नृत्य पनि रहेकोले भिडियो अझै आकर्षक बनेको गायक सिलवालले बताउनुभयो।गीतले सधैंझैं दर्शक र श्रोताहरुको माया र साथ पाउने गायकको बिश्वास छ ।
हेर्नुहोस गीतको म्युजिक भिडियो:-
चौलागाईको शब्दमा ‘आईरहने झझल्को’ सार्बजनिक ( भिडियोमा हेर्नुहोस)
चौलागाईको शब्दमा ‘आईरहने झझल्को’ सार्बजनिक ( भिडियोमा हेर्नुहोस)

Advertisement
तपाईको प्रतिक्रिया