सनिउल्ला धोबी, कपिलवस्तु।
कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले हातेमालो गरी समृद्ध गाउँपालिका निर्माण गर्न सबैले साथ दिनु पर्ने बताउनु भएको छ । अध्यक्ष थापाले विजयनगरको समग्र विकासका लागी सम्पूर्ण गाउँपालिका वासीले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । विजयनगर गाउँपालिकाको सार्वनिक सुनुवाई कार्यक्रममा अध्यक्ष थापाले यस्ता नेपाल पत्रकार महासंघ कपिलस्तु शाखाको
आयोजनामा भएको कार्यक्रमा गाँउपालिका अध्यक्ष थापाले विकासको गतीमा बामे सरीरहेको गाँउपालिकालाई सबैको सहयोगको आपेक्षा रहेको बताउनु भयो । गाउँपालिाको काम कारवाहिलाई पारदर्शी रुपमा जनता समक्ष राख्न नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाले गरेका काम र बनाएका योजनाहरु समृद्ध गाउँपालिका निर्माणका लागि नै भएको
भन्दै निर्माणको काममा बाधा अड्चन अबरोध नगर्न सबैमा उहाले आग्रह गर्नुभयो । अध्यक्ष थापाले कार्यक्रममा उठेको प्रश्नाको जवाफ दिदै यस्तो बताएका हुन ।
गाउँपालिकामा रहेको न्यायिक समितिमा यस आर्थिक बर्षको पुष मसान्त सम्म ८४ वटा उजुरी परेको जानकारी गराउदै हाल सम्म २८ वटा मेलमिलाप भएको
कारवाहिमा ५ वटा रहेको र अन्य छलफल मै रहेको न्यायिक समिति संयोजक गाउँपालिका उप प्रमुख लक्ष्मी चौधरीले बताईन । न्यायिक समितिमा उजुरी परे पछि पनि छलफलका लागि दुबै पक्ष नआउदा मेलमिलापमा लामो समय लाग्ने गरेको चौधरीले बताइन ।कार्यक्रममा स्थानियले भौतिक पुर्वाधार, विकास निर्माण, स्वास्थ्य, सिचाई, पशु
सेवा, कृषि सेवा लगायतका बारेमा आफनो जिज्ञासा राखेका थिए ।गाउँपालिकाको आन्तरीक आय तर्फ पुष मसान्त सम्म विभिन्न शिर्षकमा गरी कुल३८ लाख राजश्व संकलन भइ सकेको प्रमुुख प्रशासकिय अधिकृत चौधरीले जनाए । यस
आवको आन्तरिक राजश्व संकलन लक्ष्य २ करोड ३० लाख रहेको बताउदै स्थानीय नदि जन्य पदार्थको निकासी खुलेपछि लक्ष्यमा पुग्न सकिने समेत चौधरीले बताए ।
कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष विषयगत शाखाका प्रमुखहरुले जवादेहिताको आसनबाट जवाफ दिएका थिए । पत्रकार महासंघ कपिलवस्तु शाखा
कोषाध्यक्ष दिपक खड्कको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार रामप्रघट कोरीले गरेका थिए ।