Advertisement
काठमाडौं । धनुषाको सबैला नगरपालिका–४ मा जन्ती बोकेको बस दुर्घटना भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्द्र शाहिका अनुसार उदयपुरबाट धनुषा आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा ११ हजार भोल्टेजको तारले छोएको हो । छतमा राखेको टिनको बाकसबाट करेन्ट लागेको थियो । बस विद्युतको पोलमा ठोक्किएर करेन्ट प्रवाह हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको छ । घाइतेको संख्या भने एकिन हुन सकेको छैन ।मृतक मध्ये रामबाबु अधिकारीको मात्र सनानत भएको छ । अरुको सनाखत हुन बाँकी छ ।
नेपाल प्रहरी, सशस्त्र र सेना तथा स्थानीय उद्दारमा जुटेका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल तर्फ पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।