काठमाडौं।
श्री स्वस्थानी ब्रतकथा अध्याय १ । माघ लागेसँगै बिवाहको माहोल चर्किएको छ । बिवाह सँगै पञ्चेबाजाका धुनहरु पनि सुनिन थालेका छन् ।
Advertisement
यसैबिच रोशनी म्युजिक प्र.ली.ले पछिल्लो क्रममा अनिता पन्तको पञ्चेबाजा गीत ‘बाजा धुनै’मा बजारमा ल्याएको छ । नारायण भट्टराई र अनिता पन्तको आवाजमा रहेको गीतको शब्द सृजना डि.आर सुजनले गरेका छन् भने लय सृजना नारायण भट्टराईको रहेको छ । गीतको सँगीत संयोजन भने आशिष अबिरलले गरेका हुन ।
महेन्द्र गौतम, स्मृती खवास, सुनिल परियार र दिपिका जेनीको अभिनय रहेको गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन । भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका हुन भने म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।