• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

प्युठानमा नागरिकसमाजको ज्ञापनपत्र,राजश्व सार्वजनिक गर्न माग


  •   सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान।
    जिल्लामा स्थानिय तहले संकलन गरेको राजस्व सार्वजनिक गर्न नागरिक समाजले स्थानिय तहलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार जिल्लाका प्युठान नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । स्थानिय तहमा संकलन गरेको राजश्वबारे पदाधिकारी र कर्मचारी लाई जानकारी रहेको तर स्थानिय तहमा राजस्व कुन कुन शिर्षकमा कहाँकहाँबाट कती उठ्यो र उठेको राजस्व कहाँ कहाँ लगानी भयो भन्ने कुरा आम नागरिकलाई जानकारी नभएकोले यो अभियान अगाडी वढाईएको मानवअधिकारकर्मी पार्वता आचार्यले बताईन् । उनले भनिन,–‘ स्थानिय तहको वार्षीक सभामा एकमुष्ठ जानकारी गराएको तर चौमासीकरुपमा सार्वजनिक नगरेको अवस्था भेटिएकोले यो अभियान अगाडी वढाएको हो ।’
    जिल्लामा शिक्षा,स्वास्थ्य,कृषी र विपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसस्थाहरुको शनिवार बसेको वैठकले विज्ञप्ती निकाल्दै यो कार्य अगाडी वढाएका हुन् । सोमबार पत्रकार महासंघ ,गैरसरकारी संस्था महासंघको नेतृत्वमा प्युठान नगरपालिकाकी उपमेयर शान्ता आचार्य, माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका मगर र सरुमारानी गाउापलिकाकी उपाध्यक्ष मिना सोमैलाई ज्ञापन पत्र बुझाएका छन् ।
    सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शि, समावेशी सहभागीतामुलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउनका लागी स्थानीय तहले संकलन गर्ने राजश्वको दररेट सार्वजनिक होस भन्ने उदेश्यले यो ज्ञापनपत्र स्थानिय तहमा बुझाएको हरप्लेसका कार्यक्रम संयोजक टेक रानाले बताए । उनले भने,–‘स्थानिय तहमा संकलन भएको राजश्वको प्रत्येक चौमासीक रुपमा सार्वजनिक गर्ने ब्यबस्था गरि असल शासनका आधारभुत मान्यतालाई आत्मसाथ गरि सर्वसाधारणले सहजरुपमपा जानकारी पाउन भनी पे्रस विज्ञप्ती मार्फत सवै स्थानीय तहलाई अनुरोध गरेका छौँ । ’
    संकलित राजश्व आमनागरिकमा पु¥याउन ज्ञापन पत्र
    स्थानीय तहहरुवाट संकलन गरिएको राजश्व स्थानिय तहभित्र बसेबास गर्ने आमनागरिकहरु लाई जानकारी भएको छ या छैन भनि एक नमुना सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणको प्रतिवेदन अनुसार गाउँपालीकाले संकलन गरेको राजस्व सार्वजनिक गर्नुपर्छ भन्ने कुरा पदाधिकारी र कर्मचारी लाई जानकारी रहेको तर स्थानिय तहमा राजस्व कुन कुन शिर्षकमा कहाँकहाँबाट कती उठ्यो र उठेको राजस्व कहाँ कहाँ लगानी भयो भन्ने कुरा आम नागरिकलाई जानकारी नभएको देखियो । स्थानिय तहको वार्षीक सभामा एकमुष्ठ जानकारी गराएको तर चौमासीकरुपमा सार्वजनिक नगरेको अवस्था देखिएको नागरिक समाजले यो नीति अगाडी वढाएको हरप्लेस नेपालका कार्यक्रम संयोजक रानाले बताए ।
    नेपालको संविधानमा सार्वजनिक प्रशासन लाई स्वच्छ, सक्षम, निश्पक्ष, पारदर्शि, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागीतामुलक बनाउदै राज्यवाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुच सुनिश्चित गरि सुशासनको प्रत्याभुति गर्ने प्रावधान रहेपनि जिल्लामा यसको विकास नभएको उनले सुनाए । अहिले स्थानीय तहले दिगो र परिणाममुखी विकास, सुशासन प्रवद्र्धनका थुप्रै अभ्यासको थालनी गरेको पनि पाईन्छ तर सहि समयमा नागरिकमा सुचना सम्प्रेषण हुन नसके नागरिक र स्थानीय सरकार विच दुरी वढने निश्चित छ । नागरिकलाई मेरो सरकार र मेरो दायीत्व वोधका लागी सुसुचित हुन आवश्यक छ । सहज, सरलरुपमा सुचना पाउनु नागरिकको अधिकार हो । स्वच्छ, पारदर्शि र निश्पक्ष प्रशासनीक ब्यबस्थाको अनुभुति गराउन सरकारको दायीत्व हो । अहिले स्थानीय तहवाट संकलन हुने राजश्वको विषय आम नागरिकको चासोको विषय बनेको छ । साथै राजस्व संकलनको दर, रेट, संकलन राजश्वको सार्वजनिक नुहुनु प्रति नागरिक समाज प्युठानको ध्यानाकर्षण भएको छ ।

    Advertisement

    ज्ञापन पत्र बुझेपछि के भन्छन त प्रतिनिधि
    ज्ञापन पत्र बुझदै सरुमारानी गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत अमर ओलीले गाउँपालिकाले विभिन्न सञ्जालमार्फत सुचना प्रदान गरेको बताए । उनले भने,–‘जनतालाई सुचनाको पहुँचमा पु¥याउन सुचनावोर्ड , पार्टी, गाउँपालिकाको फेसबुक पेजबाट सुचना सम्प्रेषण गरिरहेका छौँ । ’ गाउँपालिकाले सुचना अधिकारी तोकेको छ उहाँसंग पनि आवश्यक प्रक्रिया पु¥याएर सुचना लिन आग्रह गरे । तेश्रो गाउँसभाले आर्थिक ऐन पारित गरेको उने बताए । उनले भने,–‘स्थानियस्तरसम्म सूचना प्रदान गर्न वडा वडामा पनि सूचना वोर्ड राख्ने योजनामा छौँ । ’
    त्यस्तै माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका मगरले यस ज्ञापनपत्र मार्फत जनप्रतिनिधिलाई सजग बनाएकोमा खुसि व्यक्त गरे । उनले भने,–‘हामीहरुले राम्रो काम ग¥यौ भनि प्रचार गरेपनि जनस्तरसम्म यसबारे ज्ञान हुनुपर्छ । ’ सुशासनयुक्त समाज निमार्णका लागि आफु प्रतिवद्ध रहेको बताए ।
    प्युठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्यले सुचना उपलब्ध गराउन आईटी अफिसर नियुक्त गरेको बताईन् । करको दर वढेको हैन् , करको दायरा वढेको छ । उनले भनिन,–‘कर लगाउने ठाउँमा मात्र नगरपालिकाले कर लगाएको हो । ’ उनले जनस्तरसम्म यस विषयमा जानकारी दिन आवश्यक रहेको बताईन् ।

    सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने
    गुल्मीमा एलपी ग्यासको अभाव

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...