हेमन्त अधिकारी,प्युठान।
जिल्लाको माण्डवि गाउपालिका ४ प्युठानमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् ।रातको समयमा बँदेलको समूह आएर गहुँ, बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै पालो गरि बस्न थालेका हुन् ।
गहुँ पसाऊन लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर धोवाघाट , खजुरे , डाडाकटेरि ,सल्लिखर्क ,सिरवारि का स्थानियले लगाएको बालीनाली सखाप पार्न थालेपछि उनीहरु चिन्तित हुन थालेका छन् ।
बँदेलको समूहले गहुँ, अालु, अदुवा, बेसार, पिडालु, तरुललगायतका बाली नाली नष्ट पारेको ऊदयपुरकोट –५ का दोर्ण अधिकारी लेजानकारी दिनुभयो । “बर्सेनी पाक्न लागेको बाली नष्ट गरेर बँदेलले दुःख दिन थाले, बालीनाली जोगाउन बारीमै रातभर जाग्राराम बस्नुपर्ने भयो,” अधिकारिले भने ।
लगातार तीन वर्षदेखि बँदेलको समूहले बाली सखाप पारेको स्थानीयको भनाइ छ । बँदेलको समूहले सबैभन्दा बढी मकैबालीमा क्षति पुर्याए पनि गहुँ वालिमा पनि त्यत्तिकै नोक्सान पुर्याएको स्थानीय सानु परिवारले कामना डेलीलाई जानकारी दिनुभयो ।अधिकारीले थपे गहु बालिमा रातको समयमा जमिन खनेर खाल्डै खाल्डा पारेको उहाले बताउनुभयो।
प्युठानमा बँदेलको उपद्रो:पसाउन लागेको गहुँ सखाप
प्युठानमा बँदेलको उपद्रो:पसाउन लागेको गहुँ सखाप

Advertisement
तपाईको प्रतिक्रिया